fbpx

माता तिर्थऔँसीको अवसरमा रेडियो जननीले टिकटक मार्फत कविता प्रतियोगिता गर्ने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । रेडियो जननी ९०.६ मेगाहर्जले माता तिर्थऔँसीको अवसरमा टिकटक मार्फत कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्रताको लागि र तेस्रो आवाज समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले टिकटक मार्फत आमा विषयमा कविता प्रतियोगिताको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार सहभागीले आगामी चैत्त २४ गते शुक्रवारदेखि वैशाख ३ गते अपराह्न ५ बजेसम्म आफ्नो कविता वाचन गरी रेडियोजननीको टिकटकमा ट्याग गर्नुपर्दछ । कविताको नतिजा वैशाख ५ गते रेडियो जननीले आयोजना गरेको “मातातिर्थ औँसीको महत्व” विषयको परिचर्चा कार्यक्रमको दिनमा सार्वजनिक गरिने भट्टराईले बताउनुभयो ।

प्राप्त कविताहरुवाट निर्णायकहरुले प्रथम, द्धितिय र तृतीय छुट्याउने रेडियोले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु १५ हजार, द्धितिय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ५ हजार नगद रहेको कार्यक्रम संयोजक तथा रेडियोका कार्यक्रम प्रमुख सबु पाठकले बताउनुभयो ।

पाठकका अनुसार कविता कुनैपनि पुस्तक वा पत्रपत्रिकामा नछापिएको हुनुपर्ने, कुनै जात, धर्म, राजनितिक विषयलाई नछोइएको हुनुपर्ने, कविता आमा शिर्षकमा हुनुपर्ने, अनिवार्य रुपमा ह्यासट्याग रेडियो जननी प्रयोग गर्नुपर्ने र अनिवार्य रुपमा रेडियो जननीको टिकटक एकाउण्टलाई फलो गरेको हुनुपर्ने छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन