fbpx

कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ ।
कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताउनुभयाे । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कविताले गरेको भनाइ राख्नुभयाे । “सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शैली र शिल्पगत मौलिकता र अनुभूतिजन्य गहनता उहाँका कविताका प्राप्ति हुन्” अधिकारीले भन्नुभयाे, “ आधा शिर उचालेर राम्रो कविता सञ्चयन हो ।”अर्का समीक्षक र्रयाण्डम रिडर्स सोसाइटीका सदस्य नेपाल प्रकाश अधिकारीले ‘आधा शिर उचालेर’ कृति कविताको सुन्दर घर भएको धारणा राख्नुभयाे । कविताको घरमा भएका अनेकौँ झ्याल, ढोकाहरूबाट फरक फरक दृश्य देख्न सकिने भन्दै अधिकारीले भन्नुभयाे, “त्यही घर बनाउनका लागि कुर्बानी गरेका कैयौँ दिदी, बहिनी, भाउजू र आमाहरूको जीवनमा आएका अवरोधप्रति विद्रोहको प्रस्तुति कवितामा आएका छन् ।”

“नारीप्रति परिवार र राज्यले गरेको विभेद कविताको मूल विषय हो भने विद्रोह यसको मूल स्वर हो” समीक्षक अधिकारीले भन्नुभयाे, “उहाँका थुप्रै कविता नारी मुक्तिको कामनासहित नारीकै पक्षबाट लेखिएका छन् तर संयमित भएर, उहाँका कवितामा उग्र नारीवाद भने छैन ।” निजात्मक मौलिकता र भावगत तीक्ष्णता भेटिने यस कृतिले ज्योतिलाई विशिष्ट पहिचान दिने उनको ठम्याइ थियो ।

कविता क्लबका संस्थापक अध्यक्ष कवि रमेश श्रेष्ठले कवितालाई कविले जीवनलाई जत्तिकै माया गर्नुपर्नेमा जोड दिनुभयाे । कविताले जीवन जिउन मात्रै होइन, कलात्मक मृत्यु मर्नसमेत सिकाउने उहाँको मत थियो । समकालीन पुस्ताकी सशक्त कविका रूपमा ज्योतिलाई आफूले चिनेको उहाँले बताउनुभयाे ।

कवि ज्योति जङ्गलले कवितालाई समाजसँग जोडेर लेख्ने प्रयास गरेको अनुभव सुनाउनुभयाे । उहाँले कवितालाई सस्तो सामान बन्नबाट जोगाउनका लागि आफू सधैँ प्रयत्नशील रहेको भन्दै समाजमा सबै वर्गका मानिसलाई पूरा शिर उचालेर बाँच्ने परिस्थितिको सिर्जना होस् भन्ने चाहना कवितामा प्रस्तुत गरेको बताउनुभयाे । पोखरामा आफ्नो नयाँ कृतिको पहिलो परिचर्चा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले प्राप्त सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा लेखन यात्रा अघि बढाउने धारणा राख्नुभयाे ।

विराटनगरकी स्थायी वासिन्दा कवि जङ्गलको यसअघि ‘पहाडको मन’ र ‘मुक्त समय’ गरी २ कविता सङ्ग्रह, ‘अक्षरमा तिमी’ गजल सङ्ग्रह तथा ‘छाया’ कथा सङ्ग्रह प्रकाशित छन् । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कृतिमा ४३ ओटा कविता सङ्गृहीत छन् ।

कविता क्लबका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार रुपिन्द्र प्रभावीले गरेका थिए ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन