सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रधानमन्त्रीको भनाई

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सकरारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताउनुभएको छ ।

बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताउँदै उनीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बतउनु भयो ।

प्रधानमन्त्री सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताउनु भयो । उहाँले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिनेछ । कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिनेछ । सरकारी सेवामा, करारमा कार्यरत श्रमीकहरुलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा मलाई विशेष दुःख लागेको छ । यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काममा म लाग्ने नै छु । या विश्वास पनि म दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको बताउनु भयो । उहाँले रोजगारीका लागि विदेश गएका युवाहरुलाई दुःख दिने दिन गएको दाबी गर्नुभयो । उहाँले सरकारले विदेश जानेहरुलाई तालिम दिइ दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजि गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताउनु भयो । प्रधानमन्त्री दाहालले आगामी दिनमा थप जनमुखी र श्रमीकमैत्री सेवा प्रवाह गरी युवाहरुले दुःख पाउने कुराबाट मुक्ति दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।


उहाँले भन्नुभयो, ‘रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य छैन, स्वीकार्य छैन । अब दुःख दिने दुःख पाउने दिन गए । सबैको आत्म सम्मानमा बढोत्तरी गरेर काम गर्नेछौँ । यहाँहरुको योगदानको कदर हुनेछ । यहाँहरुको ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरुको हीतमा प्रयोग गर्न यो सरकारको प्राथमिकता पनि हो, प्रतिवद्धता पनि हो । सरकारले विदेश जानेहरुलाई तालिम दिइ दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको छ ।

यसका लागि ६ महिना भन्दा कम अवधिको तालिम प्रदान गर्न तालिम प्रदायक निकायको पुनः संरचना गर्नको लागि मन्त्रालयले गरेको तयारी अनुरुपको कार्यलाई यथाशिघ्र अघि बढाउने प्रतिवद्धता व्यक्त गर्छु । वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजि गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको छु र गरिरहन चाहन्छु । श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाइ विदेशमा रहेका नेपालीहरुको हक, हीत बढाइ त्यसबाट हुने लाभ लिन सरकारले काम गरिरहेको छ ।

आगामी दिनमा थप जनमुखी र श्रमीकमैत्री सेवा प्रवाह गरी युवाहरुले दुःख पाउने कुराबाट मुक्ति दिलाउन विशेष निर्देशन गर्न चाहन्छु । अब श्रम प्रशाशन पूर्णतः डिजिटल हुँदैछ । विदेशबाटै पुनः श्रम, स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । दुई वर्ष मात्रै श्रम, स्वीकृति दिने प्रणाली हटाइएको छ ।’

प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

एशियाली खेलकुदको विशेष प्रशिक्षण थाल्न खेलाडी संघको आह्वान

रौतहटमा भएको हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सांसद...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२४.३८°

-
Clouds