fbpx

वर्तमान सरकार पाँच वर्ष नै टिक्ने प्रधानमन्त्रीको दाबी

author

समाचारपाटी

१ year अगाडि

रुकुम । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले शुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरुबीचको एकताको अभियान पनि रहेको बताउनुभएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित शहीद स्मृति मेलाको उद्घाटन गर्नुहुँदै उहाँले अब माओवादीबाट फुटेर गएका दलहरुकाबीच एकता आवश्यक छ भन्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिबद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।’

केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उहाँको भनाइ थियो । ‘हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले निकै बलियो सरकार बनाएका छौँ । यो सरकार पाँच वर्ष नै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्ततस् कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।’ सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उहाँले आरोप लगाउनुभयो । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताउनुभयो । ‘हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ । ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले मिटरब्याजीलाई कारबाही गरेका छौँ । नक्कली भुटानी शरणार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौँ । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ।’


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन