काठमाडौं । ज्यापु समाज यलको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनका अवसरमा ललितपुरको मङ्गलबजारमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय तेक्वान्दो कोच रिमोन महर्जन सम्मानित हुनुभएको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित हुनुहुन्थ्यो।
आयोजित कार्यक्रममा ललितपुरमा रहेका प्रतिष्ठित ज्यापु समाज यलको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तेक्वान्दो कोच रिमोन महर्जन सम्मानित हुनुभएको थियो।
उहाँले यहि सेप्टेम्बर १-७ मा सम्पन्न विश्व टेकवान्दो अन्तर्राष्ट्रिय क्योरुगी प्रशिक्षक (स्तर १) २०२४ को कोर्स पुरा गर्नुभएको थियो।
नेपाल तेक्वान्दो संघकाे कदर पत्र नेपाल तेक्वान्दो संघ का प्रतिनिधि बाग्मती प्रदेश का अध्यक्ष केशब पुरी ज्यू लाई हस्तान्तरण गरियो!
साथै कार्यक्रममा पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी पलेशा गोबर्धन र कोच कविराज नेगी लामा सम्मानित भएका थिए ।