fbpx

त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

मंगलबार बालुवाटारमा त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री ओलीले त्यसबारे फेसबुकमा लेख्दै भने, “खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ। त्रिविको सम्पत्ति विश्वविद्यालयकै नाममा फर्काइनेछ र हिनामिना गर्नेलाई कानुनी कारबाही गरिनेछ।”

सरकारले गत जेठ १८ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको हो। त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापाको संयोजकत्वमा काम सम्पन्न भएको थियो। समितिमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ सदस्य थिए।

प्रतिवेदनले २०१३ सालदेखि हालसम्म काठमाडौं उपत्यकाभित्र कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायतका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग, र त्यसको उचित उपयोगका लागि समाधानका उपायहरू सुझाएको छ। साथै, दुरुपयोग भएका जग्गाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोलाई कारबाहीको सिफारिस गरिएको छ।

प्रधानमन्त्रीले प्रतिवेदनमा सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्ने र अध्ययन गर्न बाँकी रहेका क्षेत्रहरूबारे थप अनुसन्धान गरिने बताएका छन्। उनले भने, “यस कामलाई टुंगोमा पुर्‍याएरै छाडिनेछ।”

प्रधानमन्त्री ओलीले त्रितालकै संयोजकत्वमा २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न गठित आयोगको स्मरण गर्दै त्रितालको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।


काठमाडौं

आइतवार, माघ १३, २०८१

१०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक