काठमाडौं । काठमाडौं बबरमहलको जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा वरपर रहेका सरकारी कार्यालय डुबानमा परेका छन् ।
वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।