fbpx

‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुगेन’

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् । २०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुग्यो ।

पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६२४ हो । तीनै मध्यका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यिनै तथ्याङ्क प्रस्तुत गर्दै पोखरामा जारी १२ औं संस्करणको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिलमा पत्रकार योगेश ढकालले ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ अन्तरसंवादको सुरुवात गर्नुभयाे । बिहीबार बिहान भूपी कक्षको पहिलो शेसनको अन्तरक्रियामा सहभागी थिए, स्वास्थ्य
तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, मुटुुरोग विशेषज्ञ डा. भगवान कोइराला र मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्य । स्वास्थ्य मन्त्री पौडेललाई ढकालले प्रश्न गरे, ‘२२५ दिनमा स्वास्थ्य मन्त्रालयको प्रयोगशालाबाट के–के डायग्नोष्टिक गर्नुभयो ? पेन किलर नै खाएरै ठीक हुनुुपर्ने रहेछ की सर्जरी नै गर्नुपर्छ भन्ने देख्नुभयो?’स्वास्थ्यमन्त्री पौडेलको जवाफ थियो, ‘सर्जरी नै गर्नुपर्छ ।’ सेवा विस्तार गर्ने सन्दर्भमा केही न केही सुधार भएको उहाँको दाबी छ । ‘अनुभूति दिलाउन केही समय लाग्छ । सिटामोल दिएर हुन्छ या सर्जरी गर्नुपर्छ भन्ने सन्दर्भमा धेरै ठाउँमा सर्जरी गर्नुपर्छ । नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा हामीले सर्जरी नै गर्नुपर्ने स्थिति देखिन्छ ।’

उहाँले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाएपनि स्वास्थ्य क्षेत्रमा छुटाएको उहाँले बताउनुभयाे । ‘राज्यले यो बीचमा सबैलाई बढायो । तर, स्वास्थ्यलाई छुटायो । छुुटाउनै नहुने पक्षलाई छुटायो । त्यसलाई करेक्सन गर्नुपर्छ’, उहाँले भन्नुभयाे, ‘अहिले हामी आइसकेपछि मन्त्रलायमा जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गराइसकिएको छ । मलाई विश्वास छ, केही समयमा ५०० चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति हामीले बनाउँछौं ।’

सरकारले ५०० चिकित्सको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको डा. कोइरालाले जिकिर गर्नुभयाे । त्यसका लागि सार्वजनिक निजि साझेदारी मोडलमा जानुपर्ने उहाँले सुझाउनुभयाे । ‘पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन । स्रोतको हिसाबले सरकारी पोर्टफोलियोबाट यो दरबन्दी सिर्जना गर्न सकिदैन । त्यसो हुँदा की भाग्नुपर्यो की यहींबाट विकल्प खोज्नुपर्यो’, उहाँले थप्नुभयाे, ‘भाग्ने भनेको देश छोड्ने भन्या होइन । सार्वजनिक निजि साझेदारी किन महत्वपूर्ण छ भने अहिले नेपालमा सफलतापूर्वक चलेका संस्थाहरु यही मोडलमा चलेका संस्थाहरुको उदाहरण दिन सकिन्छ ।’ नेपाल सरकारले
कागजमा भएको व्यवहारमा उतार्न नसकेको यो नीतिलाई कार्यन्वयननको पहल थाल्नुपर्ने बताउनुभयाे । मन्त्री पौडेलले जनशक्तिसँगै उपकरण र पूर्वाधारको सन्दर्भमा पनि सुधार जरुरी रहेको बताउनुभयाे । उहाँको आग्रह थियो, ‘निराशा नबाँडौं धेरै
पूर्ण भएको छैन । व्यवस्थित भएको छैन ।’उहाँले जनसंख्या र शहर बढेपनि अस्पतालहरु भने बढ्न नसकेको सुनाउनुभयाे । ‘
अब शहरहरु धेरै बने । पहिलेका शहरहरुमा मानिसहरु थपिए । तर, अस्पताल र अस्पताललाई चाहिने अरु पक्षहरु हामीले थप्न नसकेको कुरा सत्य हो’,उहाँको तर्क छ । जनसंख्याको अनुपातमा अस्पतालहरु थपिनुपर्नेमा मन्त्री पौडेलको जोड छ ।
मन्त्री पौडेलले आवश्यकताको आधारमा पहिलो प्राथमिकतामा अस्पताल थप्नुपर्ने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले भनिरहेको समाजवाद स्वास्थ्यभित्र भेटिएन भने कहीं पनि भेटिदैन । नेपालको संविधानमा स्वास्थ्यप्रति जे प्रतिबद्धता जनाइएको छ त्यो पूरा हुन सकेन भने संविधान लागू भएको मान्न सकिदैन । त्यसो हुनाले स्वास्थ्य क्षेत्र एकदमै अपूर्ण छ ।’

स्वास्थ्यमा जनताको पहुँच बढाउन अर्थ व्यवस्थापनमा जोड दिन डा.कोईरालाको आग्रह छ । ‘स्वास्थ्यमा पहुँचको परिभाषाभित्र बहुतत्वहरु पर्छन । पहिलो प्राविधिक क्षमता जनशक्तिदेखि लिएर उपकरण, प्रविधि,पूर्वाधारको सुनिश्चितता हो । सँगसँगै आर्थिक व्यवस्थापन’, उहाँले भन्नुभयाे,‘उपचारसँगसँगै मूल्य कस्ले व्यहोर्छ । आजको दिनमा स्वास्थ्यमा कति खर्च
हुन्छ ? त्यसको ५४ प्रतिशत खर्च जनताले उपचारको बेलामा खल्ती पटुका कताबाट निकाल्न सकिन्छ त्यताबाट निकालेर बुुझाउछन्, यो राष्ट्रिय इस्यु हो ।’

कसरी जनताले खल्तीबाट तिर्ने बाध्यतबाट हटाउन चुनौति रहेको उहाँको भनाइ छ । ‘स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार पनि आर्थिक व्यवस्थापनकै कारण हो । आर्थिक व्यवस्थापन गर्न नसकेसम्म जनतामा स्वास्थ्यको पहुँच अभिवृद्धि हुन सक्दैन’, उहाँले भन्नुभयाे । पहुँच पुर्याउने ठाउँमा अस्पताल बनाउने र अर्थ व्यवस्थापन गर्न उहाँको सुझाव छ ।

नेपालमा विदेशबाट उपकरणसँगै औषधि आयत हुने कारण निजि अस्पतालको सेवा महंगो पर्ने डा. शाक्यले बताउनुभयाे । ‘हाम्रो संविधानमा आधारभूत स्वास्थ्य राज्यले व्यवस्था गर्नुपर्नेछ । त्यस्तै स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्छ भनेर भनेको हो’, उहाँ भन्नुहुन्छ, ‘त्यस्तो भन्दै गर्दा हाम्रो निजि अस्पतालहरुमा समान स्वास्थ्य सेवा, सहुलियत, तिर्नसक्ने दरमा र सहज पहुँच
हुन आवश्यक छ ।’ स्वास्थ्यमा निजि क्षेत्रले धेरै लगानी गरेको उहाँकाे दाबी थियो । ‘समान स्वास्थ्य दिनका लागि निजि अस्पताल सेवामूलक भएकाले ठूलो शहरमा बढी पाउँछौ । पूर्वाधारदेखि जग्गाको मूल्यका कारणले पनि निजि अस्पताल धेरै मंहगो भए’, कारण पेश गर्दै उहाँले भन्नुभयाे, ‘त्यहाँको लगानी धेरै भयो । आधुनिक उपकरणहरु आयतमा आधारित छन् । झन्डै ४५
प्रतिशत मात्रै औषधि नेपालमा उत्पादन हुन्छ । बाँकी विदेशबाट आयात हुन्छ । बाहिरबाट आयत गर्दा लाग्ने करले गर्दा पनि निजि अस्पतालहरु मंहगो हुन गएको हो ।’

जनताले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने भएकाले विदेशका तुलनामा मंहगो भएको डा. शाक्यले उल्लेख गरे । स्वास्थ्य सेवामा गुुणस्तरसँगै सहज पहुँच पुर्याउन आवश्यक रहेको उहाँले बताउनुभयाे । ‘गुणस्तरमा हामीले विचार गर्नुपर्छ । सँगै सहज पहुँच पनि हुनुपर्छ । हामीले हेर्छौं लामो लाइनमा बसेर उपचार गर्नुपर्ने, अप्रेशनको लागि धेरै महिना कुर्नुपर्नेमा पनि हामीले विचार गर्नुपर्ने देखिन्छ ।’


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन