fbpx

भौतिकमन्त्री प्रकाशबहादुर केसीले गरे मोटरेबल पुलको उद्घाटन सम्झौताभन्दा सात महिनाअघि नै बन्यो पुल

author

समाचारपाटी

२ महिना अगाडि

पर्वत । पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभएकाे छ ।

उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गर्नुभयाे । जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै मन्त्री केसीले खुसी व्यक्त गर्नुभयाे । प्रदेश सरकारले केही गरेन भन्नेहरुका लागि गाउँगाउँमा भइरहेका विकास निर्माणका काम नै जवाफ भएको मन्त्री केसीले बताउनुभयाे । ‘धेरैले प्रदेश सरकार आवश्यक छैन भनेर कुरा नबुझी बोलेको पनि सुनिरहेको हुन्छु,’ उहाँले भन्नुभयाे, ‘गाउँगाउँमा प्रदेश सरकारले जनताको सहजताका लागि आफ्नो स्रोतसाधनले भ्याएसम्म काम गरेको छ । ती काम र उपलब्धी
नै प्रदेश सरकारप्रति उठ्ने प्रश्नको जवाफ हुन् ।’

प्रदेश सभा सदस्य भक्त कुवँरले आवश्यकता पहिचान गरेर आफूले पुल निर्माणका लागि पहल गरेको सुनाउनुभयाे । लिदी खोलाका कारण स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएकोमा त्यो समस्या अब नरहने भन्दै उहाँले खुसी व्यक्त गर्नुभयाे ।
पुल निर्माणका लागि कस्तुरी कन्ट्रक्सनले २०८१ चैत २१ गते सक्ने गरी २०८० असोज ६ गते पूर्वाधार विकास कार्यालय, पर्वतसँग सम्झौता गरेको थियो । डिमुवा, राम्जा, चित्रे सडकखण्डमा पर्ने पुलको लम्बाइ १५ मिटर छ । यसको भारवहान् क्षमता ७० टन रहेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयाे ।

यो पुल निर्माण भएपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क र आसपासका गाउँका बासिन्दालाई सहज भएको छ । पुल बन्नुअघि हिउँदमा जसोतसो खोलाबाट नै सवारीसाधन गुड्ने गर्दै आएका थिए ।
बर्खायाममा निकै सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्त्रालयको योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानिया, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्याललगायतले बोल्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन