फोनिज गण्डकीको मैत्रीपूर्ण खेलः सहयोगीप्रति आभार प्रकट

author

समाचारपाटी

११ महिना अगाडि

पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मैत्रीपूर्ण खेलमा सहयोग गर्ने मुख्य प्रयोजक, संघसंस्था तथा व्यक्तिहरुलाई आभार प्रकट गरेको छ । फोनिज गण्डकीले संस्थाको रजत जयन्ती मनाउने क्रममा गत साउन २४ गतेपत्रकारहरुबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता राखेको थियो ।

सो प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्नेहरुलाई खेल उपसमितिको बैठकले आभार प्रकट गरेको हो । प्रायोजक, विशेष सहयोगीलगायत अन्य व्याक्तिहरुबाट नैतिक, भौतिक र आर्थिक सहयोगले कार्यक्रम सफल भएको उपसमितिका संयोजक अर्जुन गाहा ‘सुशान्त’मगरले बताउनुभयाे । सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सहयोगी संस्थाहरुसँग दोहोरो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा एमपिजी सोलुसनले मुख्य प्रायोजकका रुपमा सहयोग गरेको थियो । पोखरा–१५ नयाँ गाउँमा रहेको सोलुसनले दृष्टिकोण, रणनीति, रचनात्मकतामा आधारित रहेर डिजिटल मार्केटिबको क्षेत्रमा काम गरिरहेको छ । डिजिटल क्षेत्रमा कुशल अनि विशेषज्ञताका साथ आधुनिक प्रचार वृद्धिमा काम गरिरहेको संस्थाको मुख्य प्रायोजनले कार्यक्रम सफल भएको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिनुभयाे ।

‘हामीलाई कार्यक्रम गर्नका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता थियो । त्यही बेला एमपिजी सोलुसनले हृदय खोलेर सहयोग गर्नुभयो । यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनप्रसाद गुरुङलाई विशेष धन्यवाद्,’ उहाँले भन्नुभयाे, ‘डिजिटल क्षेत्रमा काम गरिरहेको संस्थासँग एकोहोरो मात्र नभएर दोहोरो सहयोग रहन्छ । संस्थाले गरेका कामको प्रचार गर्नु हाम्रो पनि दायित्व हुन आउँछ।’

प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकीले मुख्य सहयोगीका रुपमा साथ दिएको थियो । परिषद्ले ट्रफि, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम र प्राविधिक सहयोग गरेको थियो । यस्तै कार्यक्रम सफल बनाउन पोखरा उद्योग वाणिज्य संघ, क्लब सिक्स्टिन,
युनाइटेड क्लब पोखरा, कञ्चन डिपार्टमेन्टल स्टोर्स, प्रोमिनेन्ट एजुकेशन कन्सल्टेन्सी, प्याडल नेपाल, पोखरा फुडल्याण्ड, लामा अमृत फाउण्डेशन घान्द्रुक, मोनालिसा पुजा पसल, गुरुङ ग्राफिक्सले आर्थिक सहयोग गरेको थियो । भन्नुभयाे , मञ्चका लागि पटवा टेन्ट हाउसले सहयोग गरेको थियो ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...