स्याङ्जा फेदीखोलामा पालिकास्तरीय कृषि प्रदर्शनीमा ६० किसान पुरस्कृत

author

समाचारपाटी

२ years अगाडि

स्याङ्जा फेदीखोला गाउँपालिकाले पालिकास्तरीय दोस्रो कृषि प्रदर्शनी तथा मेला आयोजना गरेको छ। कृषिमा व्यवसायिकरण गर्दै कृषकलाई उत्प्रेरणा सहित पुरस्कृत गर्ने उदेश्यले फेदीखोला गाउँपालिकाले कृषि प्रर्दशनी एवं मेला आयोजना गरेको हो।

मेलामा १ सय ४८ कृषक, कृषक समूह र एकीकृत कृषि तथा पशुपन्छी फर्मले सहभागिता जनाएका थिए। तीमध्ये ६० जनालाई पुरस्कृत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभएकाे छ।

किसान किसान बीच कृषिसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्दै कृषिमा उत्पादकत्व बढाउन सकिने भएकाले मेला आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ।

मेलामा फलफूल, तरकारी र सागसब्जी, जरा तथा कन्दमूल समूह,मसलावाली,लहरेबाली,नगदेबाली, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर, गाइभैँसी,पंक्षी समूह,गड्यौला मल उत्पादन गरी १२ विभिन्न विधामा प्रतिष्पर्धा भएको थियो।

प्रतिस्पर्धीमध्ये सबैभन्दा उत्कृष्ठ प्रथम,द्वितीय,तृतीय र सान्वना हुनेलाई नगद र प्रमाणपत्रले पुरस्कृत एवं सम्मान गरिएको थियो।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रमेश विक,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पुरुषोत्तम कोइराला लगायतको कृषि तथा पशु विज्ञ टोलीले स्थलगत फर्म तथा प्रर्दशनी स्टलको अनुगमन एवम् मुल्यांकन गरेर नतिजा प्रकाशन गरेको पालिकाका उपाध्यक्ष चीजाकुमारी गुरुङ्ले जानकारी दिनुभएकाे हाे।

photo source:-chija gurung


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.९७°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान