fbpx

अबदेखि एमआरले औषधि पसल सञ्चालन गर्न नपाउने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं  अबदेखि बजार प्रतिनिधि (एमआर)ले औषधि पसल सञ्चालन गर्न नपाउने भएका छन्। औषधि उत्पादक संघ र नेपाल औषधि थोक व्यवसायी संघको बैठकले उद्योगका बजार प्रतिनिधिहरू बीचको बैठकबाट यस्तो सहमति भएको हो।

उद्योगका बजार प्रतिनिधिहरू सम्बन्धित उद्योगमा कार्यरत हुँदाहुँदै औषधिको थोक र खुद्रा व्यवसाय सञ्चालन गर्दै आएपछि दुई पक्षबीच सहमति भएको हो।

नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाले भन्नुभयाे, ‘नेपाल औषधि उत्पादक संघका सदस्य उद्योगका बजार प्रतिनिधिहरू सम्बन्धित उद्योगमा कार्यरत हुँदाहुँदै औषधिको थोक र खुद्रा व्यवसाय पनि सञ्चालन गरिरहेको भेटिएका छन्। जसको कारण औषधि उद्योगहरू र थोक व्यवसायीहरूलाई मर्का परिरहेको सम्बन्धमा यदि कोही कसैले यस्ता क्रियाकलाप गरेको भए तत्काल रोकी औषधि उद्योगको बजार प्रतिनिधि वा थोक र खुद्रा व्यवसाय मध्य एक मात्र गर्नुहुन अनुरोध गर्ने सहमति भएको छ।’ 

यदि कसैले यस्तो कार्य गरेको पाइएमा दुवै पक्षबाट कारबाही गर्ने निर्णय भएको बताउनुभयाे। उत्पादक संघसँग आबद्ध कुनै पनि औषधि उद्योगहरूले थोक बिक्रेताको आधिकारिक अर्डर बिना बिल नगर्ने र औषधिका थोक बिक्रेताहरूले औषधि उद्योगहरूसँग सम्झौता गरे बमोजिमको समयभित्र बिल भुक्तानी गर्ने निर्णय भएको छ।

यस्तै बैठकले औषधि बजारमा भएका समस्याहरूका बारेमा उत्पादक संघ र नेपाल औषधि थोक व्यवसायी संघबीच कार्यदल गठन भएको छ। नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डे र नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष बास्कोटाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कार्यदल गठन भएको बताउनुभएकाे छ। 

कार्यदलको संयोजकमा उत्पादक संघका उपाध्यक्ष महेशप्रसाद प्रधान रहनुभएकाे छ । यस्तै, उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल, उत्पादक संघका प्रभात रुगटा, दिपक टिवडेवाल, थोक व्यवसायी संघका महासचिव गणेश नेपाल, थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्य, थोक व्यवसायी संघका कुमारजी पाण्डे सदस्य रहनुभएकाे छ । कार्यदललाई ३० दिनभित्र कार्यपत्र प्रस्तुत गर्ने जिम्मा दिएको छ। 

annapurnapost


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन