फेकोफन कास्कीको नयाँ कार्य समिति चयन अध्यक्षमा विश्वनाथ लामिछाने

author

समाचारपाटी

२ years अगाडि

हरिप्रसाद बास्तोला,पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको सातौँ अधिवेशनले विश्वनाथ लामिछानेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । चार बर्षे कार्यकालको सो समितिको उपाध्यक्षमा चुडामणी अधिकारी, सचिवमा पार्वती सुवेदी, कोषाध्यक्षमा अम्विका बुढाथोकी, उपसचिवमा रमेश विश्वकर्मा निर्वाचित हुनु भएको हो ।

समितिको सदस्यहरुमा अनन्तराज अधिकारी, बुद्धिबहादुर घिमिरे, जिता पौडेल, शोभा आचार्य, शान्ति सापकोटा, इन्द्रबहादुर खत्री, मेधनाथ पराजुली, विमला खनाल, तिर्थ पौडेल, कविता विश्वकर्मा र रमादेवी गौतम रहनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव ठाकुर भण्डारीले अधिवेशनको उद्घाटन गर्दै दिगो वन व्यवस्थापनका आधारमा वन पैदावारको उपयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । वनको संरक्षण सम्वद्र्धन र विकासमा जोड दिंदैँ आएका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै प्राकृतिक श्रोतलाई राज्यको समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिंदै उहाँले प्राकृतिक श्रोतको उपयोगमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने बताउनुभयो ।

वन ऐन, विनियम र समूहको विधान एवम् कार्ययोजनाका आधारमा वन पैदावार उपयोग गर्न समुह सचेत हुनु पर्ने जोड दिंदै भण्डारीले भन्नुभयो, समुहको अधिकार कुण्ठित हुने गरि हुने भएका कुनै पनि निर्णय महासंँघलाई मान्य हुने छैन । महासंघका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महासंघले नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले सामुदायिक वन समूहले प्राकृतिक श्रोतको भरपुर उपयोग गर्दै वन पैदावारमा आधारित उद्योग सञ्चालनमा जोडदिनु पर्ने आवश्यकता औल्याउनुभयो । महासंघ केन्द्रीय सदस्य सुनमाया नेपाली, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले वन उद्यम सञ्चालन गर्न सजह नितीको खाँचो औल्याउनुभयो ।

कार्यक्रममा पोखरा २५ हेमजास्थित पानी उद्योग सञ्चालन गर्ने फुर्केटारी र लप्सीको अचार उत्पादन गर्ने वनपाले सामुदायिक वन
समुहलाई सम्मानपत्रले सम्मान गरिएको थियो । महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको
कार्यक्रममा महासंघ मादी गाउँपालिकाका अध्यक्ष सिर्जना पौडेल जिल्ला उपाध्यक्ष चुडामणी अधिकारी लगायतले वन्यजन्तु नियन्त्रणमा सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो । अधिवेशनमा सचिव पार्वती सुवेदीले सांगठनिक र कोषाध्यक्ष अम्विका आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन