पोखरा । अन्तर्राष्ट्रियस्तरको प्रविधि सेवा सुविधासहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ । न्यूरोडको दरबारथोक मार्गमा करिब ३ करोड लगानीमा सञ्चालनमा आएको एकेडेमीको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूबले सोमबार उद्घाटन गर्नुभयाे ।
बेलायतमा २० वर्ष बसेकी पोखराकी सञ्जु श्रेष्ठले एकल लगानीमा खोलेको एकेडेमीले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो
दिनदेखि औपचारिक सेवा शुभारम्भ थालेको हो । पर्फेक्सनले अनुभवी कर्मचारी र उत्कृष्ट सौन्दर्य सामग्रीमार्फत् सबै खाले
सौन्दर्य सेवा दिने सञ्जुले बताउनुभयाे ।
उद्घाटनपछि बोल्दै उपप्रमुख गुरूबले महिलाहरूले आफैं लगानी गरेर व्यवसाय गरेको देख्दा आफूलाई निकै खुसी लाग्ने
सुनाउनुभयाे । उहाँले आशावादी मान्छेले चुनौतीमा पनि अवसर देख्छ भनेजस्तै गरेर आर्थिक संकटको बेलामा ठूलो रकम लगानी गर्नुले अरूलाई पनि प्रेरणा थप्ने बताउनुभयाे ।
महानगरले पछाडि परेका महिलालाई उद्यमी बनाउन उपप्रमुखसँग महिला कार्यक्रम ल्याएर जीविका चलाउन योगदान गरिरहेको उहाँले बताउनुभयाे । महिलाहरू आफैं स्थापित भएर अघि बढ्नुपर्छ । प्रत्येक महिला आयआर्जनसँग जोडिनुपर्छ भनेर न्यून आय, एकल महिला, हिंसापीडित महिलालाई सबल बनाउन हामीले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएका छौं,’ गुरूङले सुनाउनुभयाे ।
महिला उद्यमी एवं सौन्दर्य व्यवसायी चिनु गुरूबले स्वास्थ्य र सुन्दरता एकआपसमा जोडिएको विषय भएकाले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा दिइनुपर्ने बताउनुभयाे । उहाँले राजनीतिज्ञ र सामाजिक अभियन्ताले पनि पार्लर छिरेर सेवा लिइदिँदा आफूहरूलाई पनि हौसला मिल्ने उहाँको भनाइ थियो ।
पोखरा भीमसेन टोलमा जन्मिएकी सञ्जु २०५८ सालमा बेलायत जानुभएकाे थियाे । बेलायतमा सिकेर सञ्जुले २०६२ सालमा (सन्२००६)मा ब्युटी सैलुन खोल्नुभएकाे थियाे । अहिले पनि बेलायतमा उहाँको आफ्नै रमा पर्फेक्सन हेयर एण्ड सैलुन छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भएपछि २ दशक बेलायत बसेर कमाएको पैसा नेपालमा लगानी गरेको सञ्जुले सुनाउनुभयाे । वर्षमा ४ जनासम्मलाई आफ्नो एकेडेमीमा निशुल्क सौन्दर्य कक्षा सिकाउने सञ्जुको योजना छ ।