हजयात्रामा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १३ सय नाघ्यो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं I साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या एक हजार तीन सय एक जना पुगेको छ । चर्को गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको ज्यान गएको साउदी अरब सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

साउदी अधिकारीका अनुसार विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये धेरै आधिकारिक अनुमति नलिएका अनधिकृत तीर्थयात्रीले ज्यान गुमाएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले झन्डै पाँच लाख जना तीर्थालुको उपचार गरेको जनाएको छ । गर्मीका कारण अझै धेरै बिरामी अस्पतालमा उपचाररत छन् ।

हजलाई सुरक्षित बनाउन नसकेको भन्दै साउदी अरबको आलोचना भएको छ । साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकमध्ये सबैभन्दा धेरै छ सय ५८ जना इजिप्टका नागरिक भएको बताइएको छ ।

इन्डोनेसियाले आफ्ना दुई सयभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ भने भारतले ९८ जनाको ज्यान गएको जनाएको छ । पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् । हजका लागि यस वर्ष झन्डै १८ लाख जना मानिस मक्का मदिना पुगेको साउदी अरबले जनाएको छ ।


काठमाडौं

शुक्रबार, असार २७, २०८२

२०.७८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ