इजरायल र इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन

author

समाचारपाटी

३ हप्ता अगाडि


इजरायल र इरानबिचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । 


समाजले बुधवार काठमाडौँस्थित इजरायल दुतावास र इरानी वाणिज्य दुतावास अगाडी शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो । समाजका सभापति रेनुका पौडेलले इजरायली दुतावास अगाडी आधा घण्टा र इरानी वाणिज्य दुतावास पनि आधा घण्टा प्रदर्शन गरेको बताउनु भयो । उहाँले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताउनु भयो । उहाँले इजरायल र इरानबिचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको बताउनु भयो ।  

उहाँले भन्नुभयो, “मानवअधिकार तथा शान्ति समाजमा पछिल्लो समय इजरायल र इरानबिचमा जुन खालको युद्ध भइराखेको छ, त्यसताविरुद्ध अभियान सञ्चालन गरेको छ । त्यो अन्तर्गत हामीले आज मात्रै इजरायली दूतावास अगाडी आधा घण्टा प्रदर्शन गरेका थियौँ भने इरानी कन्सुलेट कार्यालय अगाडी पनि प्रदर्शन गर्यौ । संसारको जुनसुकै कुनामा भएको युद्ध पनि हामी चुप लागेर बस्न सक्दैनौँ । इजरायल र इरानबिचको युद्ध तत्काल रोकिनुपर्छ भन्ने आग्रहसहित प्रदर्शनमा छौँ ।” 


समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताउनु भयो । उहाँले इजरायलले पहिले यो युद्ध शुरु गरेको कारणले इजरायलले शान्तिको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाउनु भयो । उहाँले कसैको पक्ष नलिई युद्धको विपक्ष र शान्तिको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो ।  
उहाँले भन्नुभयो, “इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्छ  र लोकतन्त्र बहाली गर्नुपर्छ । त्यस्तो नहुँदा आज इरान एक्लो भएको छ । इजरायलले पहिले यो युद्ध शुरु गरेको हुनाले इजरायलले शान्तिको लागि पहल पनि गर्नुपर्छ । हाम्रो नारा छ, कुटनीति ग्रहण गर । युद्धलाई टार । संयुक्त राष्ट्रसङ्घ निरीह देखियो । शक्तिशाली राष्ट्रहरू पनि निरीह देखिए । हामी कसैको पक्ष नलिई युद्धको विपक्षमा उभिन आह्वान गर्दछौँ  र शान्तिको पक्षमा उभिन आह्वान गर्दछौँ ।” 


पछिल्लो केही दिनयता मध्यपूर्वमा इजरायल र इरानबिचको युद्ध झनै चर्किएको छ । मानव अधिकारकर्मीहरूले युद्ध रोक, शान्ति कायम गर, युद्ध मानवताको अपमान हो लगायतका प्लेकार्ड समेत बोकेका थिए ।

– न्युज एजेन्सी नेपाल  


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ