काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोशले यही मार्च २२ देखि शुरू हुने १८औं संस्करणका लागि मुम्बई इन्डियन्ससँग सम्झौता गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी ) ले कानुनी नोटिस पठाएको छ ।
यो सिजनमा पहिलो पटक आईपीएल र पाकिस्तान सुपर लिग (पीएसएल) सँगसँगै हुँदैछ । आईपीएल मार्च २२ देखि मे २५ सम्म र पीएसएल अप्रिल ११ देखि मे १८ सम्म चल्नेछ ।
जनवरीमा भएको पीएसएल ड्राफ्टमा पेशावर जाल्मीले डायमन्ड श्रेणीमा बोशलाई छनोट गरेको थियो । तर मार्च ८ मा मुम्बई इन्डियन्सले घाइते भएका लिजाड विलियम्सको ठाउँमा ३० वर्षीय अलराउन्डर कोर्बिन बोशलाई टोलीमा समावेश गर्ने घोषणा गरेको थियो ।
पाकिस्तानी मिडिया रिपोर्टका अनुसार पाकिस्तान सुपर लिगका फ्रेन्चाइजीहरूलाई आईपीएल खेल्न धेरै विदेशी खेलाडीहरूले पीएसएल छाड्ने डर छ । यदि पीसीबीले बोशमाथि कुनै कारबाही नगरेमा भविष्यमा धेरै खेलाडीहरू पीएसएलमा अनुबन्ध भए पनि मौका पाएमा आईपीएल खेल्न जान सक्ने फ्रेन्चाइजीहरूलाई चिन्ता छ ।