fbpx

काठमाण्डाैँ महानगरपालीकाबिरुद्व फुटपाथ व्यवसायीको प्रदर्शन

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डाैँ महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । 
सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आईतवार काठमाण्डाैँमा भेला भइ प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उतिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाण्डाैँ महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताउनु भयो । उहाँले गैरकानूनी रुपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताउनु भयो । महानगरले गैरकानूनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनु भयो ।

मुल्मीले भन्नुभयो,‘सडक व्यापारीहरुलाई गरिखान दिइरहेको अवस्था छैन । उहाँहरुको सामान गैरकानूनी रुपमा खोसिएर लिलाम गरिएको अवस्था छ । सडक व्यापारलाई  कानूनी रुपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौं । सडक व्यापारलाई कानूनले रोकेको अवस्था छैन । कानूनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेको छ । तर, अनुमति लिने प्रावधान बनाएकै छैन । त्यो त काठमाण्डाैँ महानगरपालीकाको ऐनमा नै छ । नगरपालीकाले त्यसरी सामान खोस्न पाउँदैन । कुनैपनि ऐन कानूनमा लेखेको छैन । फोहोरमैला व्यवस्थापन ऐन जोडिएको छ, स्थानीय सरकार ऐन जोडिएको छ, त्यो दुई वटैमा लेखिएको छैन । गैरकानूनी रुपमा उहाँहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ । त्यो सबै गैरकानूनी हो । त्यसको बिरोध गर्न जो गरिब जनताहरु हुनुहुन्छ, कुनै उपाय, विकल्प नभएर सडकमा ठेला व्यापार चलाउनुभएको छ, त्यस्तोलाई व्यवस्थापन गर्नुपर्छ । कार्यतालीका नै राखेर अनुमति दिने सिस्टम बनाउनुपर्छ । गरिबको पेटमा लात हान्न मिल्दैन । उहाँहरुलाई गरिखाने व्यवस्था गरिनुपर्छ । सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र साह गम्भिर हुनुपर्छ । ’

व्यवसायीहरुले शहर सबैका लागि की धनीका लागि मात्रै ? गरी खान देउ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् । 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन