श्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत/माघ स्नान समाप्ती

author

समाचारपाटी

२ महिना अगाडि

पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरू छेलोखेलो होस्, हाम्रो शुभकामना !



श्री स्वस्थानी व्रत कथाको संक्षिप्त साङ्गे विधि
हिउँदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरू एक ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरू वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रत कथाका ३१ अध्यायहरू अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । ‘उपनयतु सकल जगनमङ्गलाय’बाट सुरु हुने यो कथा ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रका साथै समापन हुन्छ ।

यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एक छाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरूले आज विशेष पूजा अर्चना अनि समारोह आफ्नो दक्षअनुसार आयोजना गरेर औपचारिक रूपमा स्वस्थानीको समापन या साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरूमा छरछिमेक अनि आफन्त बोलाएर शाकाहारी भोजन गराउने अनि कन्या केटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठमाण्डाैँ को साँखुस्थित शाली नदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत बस्ने चलन रही आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ । यसरी सामूहिक रूपमै स्वस्थानी परमेश्वरीको व्रत कथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समुदायलाई फाइदा हुने जनविश्वास छ ।

परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेष्मान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत, गुह्येश्वरी अनि शालिनदी लगायत विभिन्न क्षेत्रहरूको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरू नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरूको कल्याण होस् ।

माघ स्नान समाप्ति
प्रकृतिमा रम्ने अनि प्राकृतिक तवरमा बस्ने महिना हो माघ, केवल माघ महिनामा गरेका दान पुण्य, तप, व्रत र सङ्कल्पले बाँकी ११ महिनाभरि गरेका सबै पुण्यहरूको तुलनामा धेरै फल दिन्छ । माघ देवत्वको महिना हो, सकारात्मक सोच अनि सङ्कल्पको महिना माघका विशेषताहरूमा श्री स्वस्थानी व्रत कथाका अलावा अर्को विशेष सकंल्प स्नान पनि पर्दछ जसलाई माघ स्नान भन्दछौँ ।

माघ कमरमा क्रमशः सूर्यको गति तेज हुँदै जान्छ र एवं रितले तीर्थ र पर्वहरू क्रमशः आउँदै गर्दछन् । अब माघ महिनाको महिमासँग जोडेर माघ स्नानको बयान गर्न चाहन्छौँ, पौष शुक्ल पूर्णिमाका दिन यो स्नान सुरु हुन्छ । माघ महिनामा गरिएको तपले मानव जीवनमा ठुलो सार्थकता राख्दछ । माघ महिनामा मानव जीवन र पञ्चतत्वको विशेष समन्वय अनि निकटता रहने गर्दछ, हाम्रो शरीर पृथ्वी, जल, अग्नि, आकाश र वायुले बनेको हुन्छ ।

असली तपद्वारा हामी पञ्चतत्वको प्रभावलाई हामी उपर सकारात्मक बनाउन सक्दछौँ, माघ स्नान यिनै तपहरू मध्य एक हो ।

गंगे यमुने चैव गोदावरि सरस्वती।
कावेरी नर्मदे सिन्धोर्जलअस्मिन्सन्निधिं कुरु॥’

माथिको मन्त्र उच्चारण गर्दै पवित्र नदिहरुमा स्नान गर्दा शरीरमा पवित्रताको सञ्चार हुने गर्दछ, हाम्रो शरीरमा ७० प्रतिशत पानी हुन्छ र नदिहरु लगायत जल कुण्डमा स्नान गर्दा शरीरको अधिकतम दोष र रोगहरू नाश हुने हुन्छ । माघ स्नानमा शाली नदी, पवित्र बागद्धार, धनुषाको दुधकुण्ड, जनकपुरका पोखरीहरू, देवघाट लगायतका तीर्थस्थलहरूमा त्रितालुहरूको विशेष घुँईचो रहन्छ । पौष पूर्णिमाबाट सुरु भएको माघ स्नान माघ शुक्ल पूर्णिमा सम्म चल्दछ, आज यस स्नानको विधिवत् अन्त्य हुँदै छ । माघ महिनाको तेज अनि प्रताप सबैमा फलिफाप हुने होस्, सबैको जय होस् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बुधबार, चैत्र १५, २०७९

१७.७२°

-
Haze

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने...

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन् : मन्त्री किराँती

गठबन्धनको बैठक आज बस्ने, मन्त्रीपरिषद् विस्तारका बारे छलफल हुने

प्रधानमन्त्रीले विश्वासको मत लिएको ८ दिन बित्यो, अझै मन्त्रिपरिषद्...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्यो, कलाकारलाई...

रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ सार्वजनिक

फिल्म ‘कामिनो’मा बर्षा,नीति,सौगातदेखि भोलासम्म

नरहरि प्रेमी र प्रज्ञा अधिकारीको ‘तिमीलाई हेरेर’ सार्वजनिक (भिडियो...