काठमाडौं । उपचारका क्रममा भरतपुरको चितवन मेडिकल अफ साइन्सेस पुरानो मेडिकल मा बिरामीको मृत्यु भएपछि तनाव सुरु भएको छ । खैरहनी नगरपालिका– १० बड्गाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको बिहीबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।
मंगलबार ज्वरोसँगै पिसाबमा समस्या भएपछि भर्ना भएकी उप्रेतीको ओभरडोज इन्जेक्सन दिएर मृत्यु भएको मृतकको परिवारको आरोप छ। अस्पतालको लापरबाहीका कारण हाइडोजको एन्टिबायोटिकको कारण मृत्यु भएको भन्दै परिवारले शव बुझेको छैन ।
मृत्युको विषयमा अहिले अस्पताल प्रशासन र परिवारबीच छलफल चलिरहेको छ ।