fbpx

पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिम सम्पन्न

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफु भित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखि हुनु, जिवनलाई बुझ्नु, शुद्ध धर्मलाई बुझि, मन र चित्तलाई निर्मल बनाउनु नै साधना भएको वताउनुभयाे । साथै उहाँले यो सन्सारमा हामीले भोगिरहेको सुख, दुख, राग द्धेस, सबै अनित्य छन, नासवान छन्, क्षणिक छन् । शुद्ध धर्म बुझ्ने साधकलाई यसले कुनै प्रभाव पार्न नसक्ने वताउनुभयाे ।

सो अवसरमा पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष कमला गुरुङ, केन्द्रिय सदस्य रश्मि भण्डारी, प्रदेश कोषाध्यक्ष सपना गुरुङ, कास्की जिल्ला सचिव मुक्ति पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्र्थीको तर्फबाट सुनिता भण्डारी र सरिता पहारीले वोलेका थिए ।

सो अवसरमा पातञ्जल योग समितिका केन्द्रिय सदस्य दिपक भण्डारी गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्यमा मनोनित हुनु भएकोमा सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको थियो । त्यसै गरी १५ दिनसम्म प्रशिक्षण दिनु भएकी योग प्रशिक्षक कमला गुरुङलाई पनि सम्मान पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा ७ वटा साधना केन्द्रका २४ जनाको सहभागिता रहेको थियो । गत कार्तिक १५ गते देखि मंसीर २ गतेसम्म संचालन भएको उक्त तालिममा सहभागीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र बितरण गरिएको थियो ।

पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश कार्यबहाक अध्यक्ष तथा तालिम संयोजक बिश्वकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष संगिता पराजुलीले स्वागत र प्रदेश सदस्य नवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक