काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएपछि चुनाव स्थगित भएको छ ।स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताएका छन् ।बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो । अब मतदान कहिले गर्ने भन्नेमा सहमति भएको छैन् ।