fbpx

कोषाध्यक्ष सुवेदीकै निर्देशनमा पशुपतिको भेटी चोर्ने पाँचै जना पुर्पक्षका लागि थुनामा

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरभित्र रहेको संस्कृति संरक्षण महाशाखाको भेटीगणना कक्षबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जना कर्मचारी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को निर्वाचन आयोगका सदस्य रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको निर्देशनमा भेटीगणना कक्षबाट भेटी चोरी गर्ने क्रममा पक्राउ परेको कोषका नायव सुब्बा नवराज ढोडारीसहित पाँच जना अदालतको आदेशपछि थुनामा गएका हुन् ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले थुनछेक बहसपछि पाँच जनालाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे तथा बाजा बजाउने कर्मचारीहरू कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं १२ का २९ वर्षीय सञ्जय कपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको बताउनुभएकाे छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । कटुवालका अनुसार सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ । जेठ ७ गते सिसिटिभी निगरानीमा भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका उनीहरूमाथि महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धानपछि जेठ ३२ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि सोही दिन मुद्दा दायर भएको थियो ।

एकैदिनमा ५५ हजार चोरी

सरकारी वकील कार्यालयले अभियुक्त अनिल परियारले विगत ५ महिनादेखि भेटी गणना कार्यमा लागेको र आफूले दैनिक ५५ हजार रुपैयाँसम्म भेटी लुकाएको बयान दिनुभएकाे छ । सञ्जय कपालीले विगत ५–६ महिनादेखि भेटी गणना कार्यमा संलग्न रहेको र आफूले दैनिक ३२ हजार रुपैयाँसम्म गणना गर्दा लुकाउने गरेको र कुमार दमाईले विगत ५–६ महिनादेखि भेटी गणना कार्यमा संलग्न रहेको र आफूले दैनिक ५० हजार रुपैयाँसम्म गणना गर्दा लुकाउने गरेको भनी बयान गरेको दिनुभएकाे छ ।

सरकारी वकील कार्यालयले अनिल परियारले जम्मा ८२ लाख ५० हजार रुपैयाँ सञ्जय कपालीले जम्मा ५७ लाख ६० हजार र कुमार दमाईले जम्मा ९० लाख गरी दुई करोड तीस लाख दश हजार डाँका चोरी गरेको विगो देखिएको दावी गरेको छ । कुमार दमाईको साथबाट बरामद भएको २७ हजार ५०० रुपैयाँ, अनिल परियारको साथबाट बरामद भएको जम्मा ३४ हजार ७५५ नेपाली रुपैयाँ र १९ हजार १२० भारतीय रुपैयाँको विवरण अभियोगपत्रमा उल्लेख गरेको छ ।

नायव सुब्बा नवराज ढोडारीको लकरबाट ५ हजार २६५ र डेराकोठाबाट नगद ६ लाख ७ हजार ५०० सहित ७ लाख ५ हजार ६ सय १२ रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई फिर्ता दिलाइ बरामद हुन नसकेको दुई करोड २३ लाख ४ हजार ३८१ रुपैयाँ भराउन पनि अभियोगपत्रमा मागदावी गरिएको छ ।

सुवेदीको शंकास्पद भूमिका

यसैबीच, अनुसन्धानका क्रममा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको बयान लिइएन । भेटीगणनास्थलबाटै पक्राउ परेका अनिल परियारले ‘कोषाध्यक्ष नारायण सुवेदी सरको निर्देशन’ भेटी गणना गरेको बयान दिनुभएकाे थियाे ।

भेटी चोरीको मुख्य योजनाकारकै रुपमा कोषाध्यक्ष सुवेदीको नाम प्रारम्भिक बयान आएको थियो । तर पछि उहाँमाथि अनुसन्धान भएन । सुवेदीले आफूले भेटी चोरी नगरेको बताउँदै आउनुभएकाे छ ।

एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलनिकट सुवेदीले आफूमाथि अनुसन्धान नगराउन शक्तिकेन्द्र पनि धाउनुभएका थिए । सुवेदी नेता पौडेलले सञ्चालन गरेको जनता टेलिभिजनका एक सञ्चालक हुन् । पौडेलले सुवेदीसँग अहिले खास सम्बन्ध नरहेको दावी गरेका छन् । तर, धार्मिक अभियन्ताहरूले भेटी चोरी प्रकरणमा सुवेदीको भूमिका शंकास्पद रहेकाले संसदीय छानबिन वा उच्चस्तरीय छानबिनको माग गरिरहेका छन् ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन