पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्य

author

समाचारपाटी

२ years अगाडि

ललितपुर । सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति सार्वजनिक गरेको छ ।

मङ्गलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित पस्मिमिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिु योजना सार्वजनिक गर्नुभएको हो ।

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पस्मिनाको निर्यात बढाउन र पस्मिना उत्पादनलाई विश्‍व बजारमा पुर्‍याउने उद्देश्य सरकारको रहेको छ ।

ुराष्ट्रिय पस्मिना क्षेत्र निर्यात रणनीतिु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवर्धन केन्द्र टीईपिसी तथा नेपाल पस्मिना उद्योग सङ्घ एनपीआईए सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित ईयू नेपाल व्यापार तथा लगानी कार्यक्रम टीआईपी अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ ।

कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यो योजनाले पस्मिना उद्योगको विकास र विस्तारमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको ऊनलाई प्रशोधन गरी पस्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको ऊनले उचित मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले नेपालभित्र पस्मिनाको धागो उत्पादन गरी पस्मिनाजन्य वस्तुको उत्पादन र गुणस्तर बढ्ने बताउनुभयो । उहाँले रणनीति योजनाले पस्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतीको समाधान गरी पाँच वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै उद्योग सचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको ऊन उत्पादन बढाउन हिमाली जिल्लामा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने र किसानले उचित मूल्य पाउने बताउनुभयो । नेपालमा च्याङ्ग्राको ऊन ठूलो परिणाममा उत्पादन गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो ।

सचिव मरासिनीले निर्यातजन्य वस्तुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजनाहरू बनाइरहेको पनि सुनाउनुभयो । उहाँले निर्यातजन्य नेपाली वस्तुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष विजय दुगडले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजना निजी क्षेत्रका लागि प्रभावकारी हुने बताउनुभयो । उहाँले यो रणनीति योजनाले पस्मिना उत्पादनमा बढी प्राथमिकता दिने बताउनुभयो । अहिले नेपालमा पस्मिनाको धागो पूर्णरूपमा विदेशबाट आयात हुने भन्दै अध्यक्ष दुगडले अब नेपालमा नै च्याङ्ग्राको ऊन प्रशोधन गरेर पस्मिनाको धागो नेपालमा नै बन्नु सकारात्मक पक्ष भएको बताउनुभयो ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन