fbpx

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात ३ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन

author

समाचारपाटी

९ महिना अगाडि

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । 

समितिको बिहीवार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो । केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो । सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएसँगै समितिले नियुक्ति सम्बन्धी प्रमाणित कागजात मगाएको हो । बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । त्यसैगरी बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र एकिन गरी हाल साविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ । 

बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति राजकिशोर यादवले भन्नुभयो – ‘आजको बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित काम, कारबाहीहरु तथा समसामयिक विषयहरुको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसँग छलफल भइ देहाय बमोजिमका निर्णयहरु भयो
१. पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु, निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र यस समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने निर्णय गरियो ।
२. पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र एकिन गरी हाल साबिक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न निर्देशन दिने निर्णय गरियो ।  
३. पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र   उपलब्ध गराइदिनका लागि निर्देशन दिने निर्णय गरियो ।
४. पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यहाँ उपलब्ध गराउनका लागि निर्देशन दिने निर्णय गरियो ।
५. पशुपतिमा बिग्रिएको शवदाह गृह यथाशिघ्र सञ्चालनमा आउनेगरी तयार र आवश्यकताअनुसार थप गर्न सकिन्छ कि भन्ने सोच्न सक्नेगरी अगाडी बढ्न निर्देशन दिने निर्णय गरियो ।
६ . पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी लिने ।’

त्यसैगरी, बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिलाई उपलब्ध गराउन पनि भनेको छ । समितिले पशुपतिमा बिग्रिको शवदाह मेसिन यथाशिघ्र सञ्चालनमा आउनेगरी तयार गर्न र आवश्यकताअनुसार थप गर्नेगरी अगाडी बढ्न पनि निर्देशन दिएको छ । बैठकले पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी पनि निर्णय गरेको छ ।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने