fbpx

अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ ।शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानि काठमाडौँ नछोड्न सांसदहरुलाई निर्देशन दिएको हो ।

विगतमा संसदको बैठक तथा समिति बैठकहरुमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उहाँले नेपाली कांग्रेसका सांसदहरु निरन्तर रुपले सभा र समितिहरुमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताउनुभयो । उहाँले संसदको अधिवेशन चल्दासम्म नेपाली काँग्रेसका सांसदहरुलाई राजधानी नछोड्न निर्देशन दिइएको बताउनुभयो । यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

कांग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशिलतापूर्वक समिति र सभाको गतिविधिहरुमा भाग लिन पनि सांसदहरुलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । बैठकले सभा र समितिको बैठकमा मन्त्रीहरुको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ । 

त्यसैगरी कांग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई अपील पनि गरेको छ ।

बैठकले संसदीय दलको विधान अनुरुप दलको समितिमा संयोजक तोकेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोईराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा वि.क., राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी वोखिम लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । बैठकले नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने र केन्द्रिय समितिलाई निर्वाचन समिति तोक्न अनुरोध समेत गरेको उहाँले बताउनुभयो ।

कांग्रेस संसदीय दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कोशी प्रदेशको एक जना उम्मेदवार पराजित हुनुलाई अनपेक्षित र गम्भिरतापूर्वक लिएको उहाँले बताउनुभयो ।

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनाहरुमा थप बजेट व्यवस्था गरी आयोजना सम्पन्न गर्न सरकारलाई आग्रह पनि गरेको छ ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो