राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बुधवारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सधैँ राजनीतिक अस्थिरता हुने गरेको भन्दै राजनीतिक स्थिरताका लागि के गर्नसक्छौँ भननेकुरामा राष्ट्रिय सभाबाट काम गर्नुपर्ने बतउनु भयो । उहाँले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फर्काउने बारेमा पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले बेरोजगारीकै कारण युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रसियन सेनामा नेपालीहरु कसरी भर्ती भए । बेराजगारक कारण हो । प्रतिपक्षका नेताले भन्नुभएको छ । बेरोजगार र युवा पलायनको अवस्था डरलाग्दो छ । शुरु शुरुमा त जानकारी नभएर पनि कतिपय गएका छन् । पछिल्लो समय त जानकारी भएर पनि बाध्यताले पनि गएको अवस्था छ । यसको लागि सरकारका जिम्मेवारीहरु के हुन् भन्नेकुरा छ । सधैँभरी राजनीतिक अस्थिरता हुने र राजनीतिक स्थिरताका लागि के गर्नसक्छौँ, कस्ता कामहरु गर्नसक्छौँ ? भन्ने सन्दर्भमा हामीले महत्वपूर्ण भुमिका खेल्न सक्नुपर्छ ।’ संसदीय दलका नेता दाहालले संघीयतासम्बन्धी कानूनहरु कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल