fbpx

काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको नेता र मन्त्रीहरुले सोमवार जवाफ दिने

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली काँग्रेसको संसदीय दलको बैठक सोमवारसम्म चल्ने भएको छ । आईतवार संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेश,उच्च स्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरुलाई जानकारी दिएको काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाँले बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गर्नुभयो । उहाँले आउँदो अधिवेशनमा प्रश्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रश्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरुको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरुको जवाफ दिएर टुंगोमा पुगिने बताउनु भयो । उहाँले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पार्नुभएको जानकारी दिनुभयो । उहाँले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रश्तुत गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बैठकमा तीन जना विज्ञहरुले सांसदहरुलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरुको अन्तरबस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको बताउनु भयो । उहाँले पार्टीभित्र धेरै विषयका वादविवाद भएपनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न काँग्रेसका नेताहरुले बोकेर हिँड्नुपर्ने कतव्र्य भएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘आज विशेषगरी बैठकको उद्देश्यका विषयमा प्रकाश पारियो । गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पार्नुभयो । उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा गगन थापाले प्रश्तुत गर्नुभयो । तीन जना विज्ञहरुले अध्यादेशमा आएका ऐनहरुको अन्तरवस्तुको विषयमा प्रकाश गर्नुभयो । अध्यादेशको आवश्यकता र अध्यादेशका कन्टेनहरु केके र समस्याका विषयमा खुलेर छलफल भएको छ । भोलीको बैठकमा सांसदहरुले बोल्ने क्रम शुरु हुन्छ । त्यसपछि मन्त्री र नेताहरुले जवाफ दिनेछन् । पार्टीभित्र धेरै विषयका वादविवाद हुन सक्छन् । बहस र छलफलहरु हुन सक्छन् । त्यस्ता विषयमा आन्तरिक बैठकहरुमा व्यापक गहन छलफल काँग्रेसले गर्छ । गर्न पाइन्छ । नेतृत्वको आलोचना पनि गर्न पाइन्छ तर पार्टीले एउटा निर्णय र निष्कर्ष निकाल्छ । काँग्रेसले ९५ प्रतिशत निर्णयहरु सहमतिमा हुन्छ । त्यो निर्णयलाई कार्यान्वयन गर्न काँग्रेसका नेताहरुले बोकेर हिँड्नुपर्ने कतव्र्य सबैको हुन्छ । आन्तरिक रुपमा व्यापक रुपमा छलफल गरौं तर बाहिर गएपछि पार्टीको निर्णयलाई बोकेर हिँड्न पार्टी कार्यकर्ताको धर्म हो । त्यहीअनुसार अगाडि जानुपर्छ भन्ने मान्यता हो । बैठक भोलि सकिन्छ । सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरु बन्छ । संसदीय लोकतन्त्र भनेको बहुमतिय प्रणाली हो । बहुमतले शासन गर्छ ।’ 


उहाँले आन्तरिक रुपमा व्यापक रुपमा छलफल गरौं तर बाहिर गएपछि पार्टीको निर्णयलाई बोकेर हिँड्नु पार्टी कार्यकर्ताको धर्म भएको पनि बताउनु भयो । उहाँले आगामी संसदमा सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरु बनाउने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन