विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनवाई प्रक्रिया शुरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं  I सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका छ जना राजदुतहरुको संसदीय सुनवाई प्रक्रिया शुरु भएको छ । 


बुधवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदुत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदुतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदुत घनश्याम लम्साल, थाईल्याण्डका लागि प्रश्तावित राजदुत धनबहादुर ओली र फ्रान्सका लागि प्रश्तावित राजदुत सुधीर भट्टाराईको सुनुवाई गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदुत तथा विभिन्न नियोगहरुका प्रतिनिधिहरुको सुनुवाईका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रश्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिनुभयो । उहाँले समितिको निर्णय अनुसार आजको मितिबाट नै लागू हुने गरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यामबाट सूचना प्रकाशित गर्ने समेत बताउनु भयो । 


सचिव गिरीले भन्नुभयो, ‘नेपाल सरकारबाट सिफारिस भएका विभिन्न मुलुकका राजदुतहरुको सुनुवाई प्रक्रिया आजबाट प्रारम्भ भएको हो । खासगरी विभिन्न नियोगका स्थायी प्रतिनिधि र राजदुत गरेर ६ जनाको सिफारिस छ । श्री लोकबहादुर थापा, श्री रामप्रसाद सुवेदी, श्री सुधीर भट्टराई, श्री घनश्याम लम्साल, श्री तेजबहादुर थापा क्षेत्री र श्री धनबहादुर ओली सिफारिस हुनु भएको हो । उहाँहरुको सुनवाई प्रक्रियालाई अगाडि बढाउनका लागि यदि यहाँहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा प्रष्ट आधार र सबुत प्रमाणसहित १० दिन भित्र समितिमा सूचना उपलब्ध गराउनका लागि सूचना प्रकाशित गराउने भनेर यो सूचना पनि आज प्रकाशित हुन्छ । साथसाथै प्रक्रिया पनि प्रारम्भ भएको छ ।’

मन्त्रीपरिषदले सिफारिस गरेका राजदुतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन