श्रीलंकाको संसदीय निर्वाचनको मतदान शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको छ । बिहीवार बिहान ७ बजेदेखि शुरु भएको मतदानमा ८ हजार भन्दा बढी उम्मेदवारहरू चुनाव लडिरहेका छन् । जसमा १ करोड ७० लाखभन्दा बढी योग्य मतदाता सहभागी रहेका छन् । श्रीलंकाको संसदमा २२५ सिटहरू छन् । जसमा बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) र उहाँका राजनीतिक प्रतिद्वन्दी दुवैका लागि यो निर्वाचन महत्वपूर्ण मानिएको छ । दिसानायकेले श्रीलंकाको लागि परिवर्तनकारी एजेण्डाको वाचा गर्नुभएको छ । जसलाई आफ्नो लक्ष्यहरू अगाडि बढाउनको लागि ठोस संसदीय बहुमत चाहिन्छ ।
सिन्ह्वा