fbpx

कानूनमन्त्रीको खुलासाः कसुर नदेखिएका सम्पती वैध बनाउन सरकारमाथि वाह्य दबाब आउँछ

author

समाचारपाटी

१२ महिना अगाडि

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पतीलाई वैधता दिन सरकारमाथि वाह्य दबाब आउने गरेको बताउनुभएको छ । 

सोमवार राष्ट्रिय सभा बैठकमा ‘सम्पती शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले कुनै कसुर देखिएका सम्पतीलाई वैधता दिने गरी कानून निर्माण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सरकारमाथि निरन्तर दबाब आउने गरेको खुलासा गर्नुभएको हो । मन्त्री गुरुङले स्रोत नखुलेको कुनैपनि सम्पत्ति कुनै कसुर नदेखिए ८० प्रतिशत कर दाखिला गरी बाँकी सम्पती सोही व्यक्तिको हुनेगरी सो विधेयक ल्याइएको पनि बताउनु भयो । भारतलगायतका मुलुकले पनि सो व्यवस्था गरेकाले अन्तराष्ट्रिय मापदण्डको आधारमा सरकारले सो कानूनी व्यवस्था गर्न लागेको पनि मन्त्री गुरुङले स्पष्टिकरण दिनु भयो । उहाँले स्रोत नखुलेको सम्पत्तिमा कुनै कसुर नदेखिए सो सम्पत्तिमाथि व्यक्तिको अधिकार हुने तर उसले ८० प्रतिशत रकम भने राज्यलाई कर बुझाउनुपर्ने कानूनी व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । 

मन्त्री गुरुङले भन्नुभयो, ‘अन्तराष्ट्रिय मान्यता अनुसार नै कुनैपनि व्यक्तिको सम्पतीको स्रोत खुल्न पनि सकेन, कसुर पनि देखिएन । अर्थात अपराध गरेको पनि देखिएन भने अहिले त्यसलाई के गर्ने भन्ने सन्दर्भमा अन्यौलता नै छ । यस सन्दर्भमा कानून बनाउनु पर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपाल सरकारमाथि, हामी माथि बारम्बार दबाब आइरहेको कुरा त तपाईंहरुलाई थाहा छँदैछ । त्यसकारणले गर्दाखेरी अहिलेसम्म हामीले यो सम्पतीको स्रोत पनि खुल्न सकेन, कस्तो सम्पतीको स्रोत खुल्दैन ? कस्तो सम्पत्ति हो त्यस्तो स्रोत नखुल्ने ? भन्ने पनि विषयहरु पनि यहाँ उठेका छन् । वास्तवमा हामीले कतिपय ठाउँमा कुनै किसानले आफ्नो काम गर्दै जाँदा उहाँले सुन्तला त बेच्नुहुन्छ । त्यसमा ठेकेदारले उहाँलाई त्यसको रिसिप दिएको हुँदैन । त्यस्तै चरणमा अहिले हाम्रो अवस्था रहेको छ । त्यस्तो १ खालमा दुहुनो गाई बेचविखन ग¥यो, त्यो आम्दानीको खाता बाँधिएको हुँदैन । यस्ता थुप्रै कुराहरु हुन्छन् । त्यस्ता कुराहरुलाई हामीले अवैध मान्य कि बैध ? भन्ने कुरामा धेरै चर्चाहरु चलिरहेको पनि विगतमा छ । र, यस सन्दर्भमा अन्तराष्ट्रिय क्षेत्रबाट पनि यस सन्दर्भमा के छ भनेर हेर्दै गर्दाखेरी छिमेकी राष्ट्र भारतमा पनि यसरी सम्पत्तिको स्रोत पनि खुलेन, अपराध पनि देखिएन भने त्यस्को सन्दर्भमा ६० देखि ८० प्रतिशतसम्म कर तिराएर त्यसको सम्पती वैध मान्य पनि चलन पनि हाम्रै नजिक छ । त्यसकारण कुनै मान्छेसँग एक करोड छ भने ८० लाख राज्यको हुने भइसकेपछि २० लाख मात्रै त्यो व्यक्तिसँग बाँकि रहन्छ । त्यसकारण यो ढंगले अन्तराष्ट्रिय प्रचलन अनुसार पनि माननीय सदस्यज्युहरुसँग निवेदन गर्न चाहन्छु–यो अन्तर्राष्ट्रिय मापदण्डकै आधारमा हामीले मिट गर्ने गरेर बनाएका छौं । नत्र भने त ग्रे जुनमा परिहाल्छ नि । अहिले पनि धेरै ताकेता भइराखेको छ । कानून छिटो बनाउ, छिटो बनाउ भनिराखेको छ । त्यसकारण यो कानून बनाउँदाखेरी हामीले त्यो स्टयाण्डर्ड मेण्टेन गर्ने गरेर नै प्रश्तुत गरेको कुरा पनि निवेदन गर्न चाहन्छु । यो कुनै गलत नियतका साथ उठाइएको छैन । ’
मन्त्री गुरुङले सरकारले अवैध सम्पती वैध बनाउने कुरामा कुनैपनि खालको बदनियत नराखेको जिकिर समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर