कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायलयलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ ।
सोमवार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । रास्वपाप्रति लक्षित गर्दै सडक र सामाजिक सञ्जालबाट न्यायालयलार्य प्रभावित बनाएको आरोप लगाउनु भयो । उहाँले कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताउनु भयो । उहाँले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन भन्ने मान्यता छ । तर प्रमाणलाई समेत नमान्ने गरी सोसल मिडिया, फेसबुकबाट प्रेसर गर्ने, सडकबाट प्रेसर गर्ने काम भइरहेको छ । यहाँ भएका न्याय सेवा, कानून सेवाका मूर्धन्य व्यक्तित्वहरुलाई लामो समयपछि आएको यो लोकतान्त्रिक व्यवस्था छ । ठूलो सहादतबाट प्राप्त लाकतान्त्रिक व्यवस्थालाई जसरी प्रहार गरिरहेको छ, हामी सबैको दायित्व छ । कसरी सुदृढ गर्न सकिन्छ ।’
कानूनमन्त्री चौरसियाले आफूहरुको कमीकमजोरी र व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल