अविलम्व समिति सभापति चयन गर्न सांसदहरुको माग

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं I सांसदहरुले अविलम्व समिति सभापति चयन गर्न माग गरेका छन् । 
प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरुमा हालसम्म सभापतिको चयन हुन सकेको छैन । हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहनुभएको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरुले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरुमा परेको भन्दै छिटोभन्दा छिटो समिति सभापतिको चयन गर्न माग गरेका हुन् ।

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसदले तिब्र गतिले काम गर्न नसकेको बताउनु भयो । उहाँले गठबन्धनका नेताहरुले भागबण्डा गर्न ढिलाइ गर्नु नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो – ‘संसदले जसरी तिब्र गतीमा काम गर्न सक्नुपथ्र्यो, काम गर्न नसक्नुको महत्वपूर्ण पार्ट भनेको समितिहरुको सभापति तिब्र गतिमा निर्वाचित नहुनुले पनि ढिलाइ भएको छ । राजनीतिक दलहरुको काम गर्ने तरिका ढिलासुस्ती छ । त्यही भएर त हामी आलोचना खेपीराखेका छौँ । समितिका सभापति क–कसलाई कुन भागमा पर्ने हो तुरुन्त बाँडेर तुरुन्त समितिलाई सक्रिय बनाउनुपथ्र्यो नि । किन ढिलाइ गरेको होला ? समितिलाई म दोष दिन्न । गठबन्धनका नेताहरुले तुरुन्तै बसेर समितिको कार्याविभाजन गर्ने कसलाई कुन समिति पर्ने हो ? त्यस अनुसार समितिको सभापति टुंग्याइदिए देखि त सभापतिको सक्रियता बढ्थ्यो । अहिले तारिख धान्ने जस्तो प्रकृतिको बैठक छ । कानून बनाउनु छ । जनताका सरोकारका विषयहरु सदनमा लैजानुपर्ने छ । अनुगमन गर्न जानुपर्ने छ । यि सबै विषय समितिको सभापछि छिटो नहुँदाखेरी छुटेका छन् ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताउनु भयो । उहाँले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताउनु भयो । उहाँले बजेट पास भएपछि समिति सभापति चयन हुने बताउनु भयो ।

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताउनु भयो । उहाँले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भिर बन्न आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘यो भन्दा हाम्रो जनताको बीचमा अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठै हो भनेर म भन्नसक्छु । छिटोभन्दा छिटो समिति सभापति चयन गर्नुपयो । सभापति नभएका कारणले बैठकहरु नियमित हुन सकिराखेका छैनन् । सघन ढंगले गम्भिरताका साथ छलफल हुन सकिराखेको छैन । सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने, निगरानी गर्नुपर्ने, यि कामहरु पनि हुन सकिराखेका छैनन् । समिति काम चलाउ मात्र छ अहिले । त्यसले गर्दा संसदको प्रभावकारिता बढ्न सकेको छैन । सत्तापक्षको कारणले गर्दा समिति सभापति चयन हुन नसकेको हो । यसमा सत्तापक्ष गम्भिर बन्नुप¥यो ।’

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गर्नुभयो । अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उहाँको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँडै चाहिएको बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारीता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताउनु भयो । यद्यपी हालसम्म समितिको काम नरोकिएको उहाँको भनाई छ ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.८४°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन