युवाहरुलाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच मैत्रीपूर्ण फुटसलः सभामुख

author

समाचारपाटी

१ year अगाडि

संसद सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो । प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको छ । फुटसल खेलका क्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताउनु भयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिनका रुपमा आज फुटसल खेलिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘संसद सेवा दिवसमा स्वभाविक रुपमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर मनाउँदै छौँ । युवापुस्तालाई उत्साह गर्ने कुरा हो ।’

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको विकासको लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताउनु भयो । उहाँले खेललाई युवा पुस्तामा प्रोत्साहन गर्दै लैजानुपर्ने बताउनु भयो । उहाँले नेताहरुले खेलाडीहरुबाट अनुशासन र टिमवर्ककको बारेमा सिक्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आजको सन्दर्भ संसद सेवा दिवस, संसद सेवा अलग्गै भएको १७ औं संसद सेवा दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम भएका छन्, त्यसमध्येमा यो फुटसल प्रतियोगिता पनि एउटा हो । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर मैत्रीपूर्ण खेल खेल्ने सन्दर्भ हो । देशको विकासको लागि खेल, अनुशासन र लगनशीलता व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा पनि हो । यसलाई बिस्तारै अघि बढाउनुपर्छ भनेर प्रोत्साहन मिलोस् भनेर हो । सधैँ यस्तै गर्न पाए हुन्थ्यो, अब त अलि उमेर पुग्यो, ढाडको कारणले गाह्रो हुन्छ । राजनीतिक गोल र फुटबल गोल फरक हो । खेलाडीबाट धेरै कुरा सिके राजनीति पनि सफल हुन्छ ।’

त्यस्तै उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद सदस्यहरुका लागि महिनामा एक पटक राख्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सधैँ काम गर्दा मान्छेलाई प्रेसर हुन्छ, टेन्सन हुन्छ । यस्ता कार्यक्रम प्रत्येक महिनामा हुनुपर्छ । वर्षको एकदिन होइन । उत्साह दिनलाई महिनाको एक पटक हुनुपर्छ ।’

उपसभामुख रानाले सधैँ काम गर्नेहरुलाई तनाव हुने भएकाले संसद सदस्यहरुलाई वर्षको एक पटक नभइ महिनामा एक पटक यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनु भयो । खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४—० ले पराजित गरेको छ । 


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.२६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन