‘कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छ’:- एमाले सांसद न्यौपाने

author

समाचारपाटी

२ years अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाउनुभएको छ । 

आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पु¥याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताउनु भयो । उहाँले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताउनु भयो । 

सांसद न्यौपानेले भन्नुभयो, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरु सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरुको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सदभावमा खलल पुग्ने गरी जे गतिविधिहरु सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद् छ । आज कोशीमा पहिचानको नाममा जातीय सदभावमा खलल पुग्नेगरी गतिविधिहरु भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न भन्दा, जातीय सद्भाव कायम गर्न भन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरु आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरु भईराखेका छन् । त्यसैले म सचेत गराउन चाहन्छु–मिलेर बसेका नेपालीहरुलाई जातजातको नाममा लडाई गराएर यो देशलाई रुवाण्डा बनाउन हामी चाहँदैनौं । त्यसैले त्यसतर्फ सरकारको ध्यान जाओस् । वास्तवमा अहिले चर्चामा छ कोशी प्रदेश । यो संविधान जोगाउनका निम्ति गठबन्धन बनाएको भनेर दाबी गर्नेहरु धन्य छ गठबन्धन ।’
सांसद न्यौपानेले संविधान विपरित गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...