प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध जनाएका छन् ।
सभाको आकस्मिक समयमा नाम टिपाएको भएपनि नाम बोलाउन बिर्सिएपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शुन्य समय सकिएपछि उठेर आफ्ना धारणा राख्नुभयो । बैठकमा शुन्य समयको कारबाही सकिएपछि विशेष समयमा बोल्न राम नाम बोलाइसकेपछि सांसद खतिवडाले धारणा राख्नुभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उठेर बिरोध जनाउनु भयो । लगत्तै नेकपा (माओवादी केन्द्र) का सांसदहरुले पनि उठेर बिरोध जनाए । शुन्य समय सकिएपछि विशेष समयमा बोल्न नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवको नाम बोलाउनु भयो । तर आकस्मिक समयमा नाम बोलाउन छुटेको भन्दै खतिवडालाई दुई मिनेटभित्र आफ्ना धारणा राख्न समय दिनुभयो ।
सांसद खतिवडाले नेपाल प्रहरीलाई दुरुपयोग गरेको समाचार सुन्नमा आएको भन्दै यसअघिका गृहमन्त्रीले एक नम्बरकोलाई बढुवा नगरी १५ नम्बरमा रहेका प्रहरी अधिकारीलाई बढुवा गरेको, प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर निर्दोष छ भन्नका लागि कानेखुशी गरेको बताउनु भयो । ५२ दिन नपर्खिकन कसको पालामा सरुवा गरिएको थियो यसअघि प्रहरी अधिकारीहरु भन्दै जवाफ माग गर्नुभएको थियो । बहस गर्ने वकीलमाथि कुटपिट गरी सडकमा घिसार्ने काम कसको पालमा शुरु भएको हो भन्दै प्रश्न गर्नुभयो ।
त्यसको बिरोमा प्रतिपक्ष दल माओवादी र रास्वपा सांसदहरुले उठेर बिरोध जनाइरहेका छन् । उनीहरुले संसद नियमावली अनुसार चल्न नसकेको भन्दै बिरोध गरिरहेका हुन् ।
—न्युज एजेन्सी नेपाल