पेरिस ओलम्पिकको पुरुष फुटबलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । बोर्डेमा भएको खेलमा फ्रान्सका लागि जिन फिलिपि माटेटाले पाँचौ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो ।

अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन । अर्जेन्टिनाका जिउलियानो सिमिओनीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । खलेपछि दुवै टिमका खेलाडीबीच हात हालाहाल स्थिति बनेको थियो । फ्रान्सले अब सेमिफाइनलमा इजिप्टसँग खेल्नेछ । इजिप्टले क्वाटरफाइनलमा पारग्वेलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गरेको हो । इजिप्टका लागि सुटआउटमा पाँचै खेलाडीले गोल गरेका थिए । पाराग्वेका पेरेज गोल गर्न असफल रहे ।

निर्धारित समयम १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । यसैगरी स्पेन र मोरक्को पनि सेमिफाइनल प्रवेश गरेका छन् । स्पेनले जापानलाई ३-० ले हरायो । स्पेनका लागि फर्मिन लोपेजले दुई तथा अबेल रुइजले एक गोल गरे । अर्को क्वाटरफाइनलमा मोरक्को अमेरिकालाई ४-० ले हरायो । मोरक्कोका लागि साउफिएन राहिमी, इलिस अखोमाच, अच्रफ हाकिमी र एल मेहदी माउहाउबले एक-एक गोल गरे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२०.८१°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन