एमालेका हेभिवेट नेतालाई पराजित गर्दै काठमाण्डौं- ५ मा कांग्रेस नेता प्रदीप पौडेल विजयी

author

समाचारपाटी

२ years अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा प्रदीप पौडेल पराजित हुनुभएकाे थियाे । विद्यार्थी राजनीतिबाट आउनुभएका गगन थापा र विश्वप्रकाश पार्टीको पदाधिकारीमा पुग्दा पौडेल मनोनित केन्द्रीय सदस्यमा सीमित हुनुभयाे ।

प्रतिनिधिसभामा भने उहाँहरु एकसाथ हुनुहुनेभएकाे छ । महामन्त्री विश्वप्रकाश झापा १ मा झण्डै १० हजारको अग्रता लिइरहँदा अर्का महामन्त्री थापा काठमाण्डौं- ४ बाट निर्वाचित हुनुभएकाे छ । प्रदीप काठमाण्डौं- ५ बाट सांसद चुनिनुभएकाे छ।

मंगलबार राति सकिएको मत गणनामा पौडेलले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएकाे हाे । प्रदीपले १५ हजार २ सय ३७ मत पाउँदा निवर्तमान सांसद समेत रहनुभएका पोखरेलले १० हजार १ सय ७५ मत मात्र पाउनुभयाे । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी हुनुहुन्छ । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियताका नेता हुनुहुन्छ ।

एमालेका हेभिवेट नेतालाई पराजित गर्दै कांग्रेस नेता पौडेलले आफ्नो उचाई बढाउनुभएकाे छ । दुई पटक यही क्षेत्रबाट सांसद हुनुभएका पोखरेल कोरोनाकालमा निकै विवादमा आउनुभएकाे थियाे भने कांग्रेसका पौडेल परीक्षण नभएका नेता हुनुहुन्छ ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन