fbpx

एमाले नआएपनि समाजवादी मोर्चा अगाडी बढ्छः उपाध्यक्ष पम्फा भुसाल

author

समाचारपाटी

९ महिना अगाडि

नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआएपनि मोर्चा कायम रहने बताउनुभएको छ । 


शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा(एमाले) सहभागि नभएपनि मोर्चा कायम रहने बताउनुभएको हो । उहाँले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताउनु भयो । उहाँले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समिकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुनु नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताउनु भयो । उहाँले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुनु नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘आज बसेर गरेको के थियो भने हिजो समाजवादी मोर्चा बनाउँदा हामी नेपाली काँग्रेससहितको सत्ता गठबन्धनमा थियौँ । त्यहाँ हामीले सरकारमा भएका र नभएकाहरुको हो समाजवादी मोर्चा, सडकमा भएका पनि, सदनमा र सरकारमा भएकाहरुको पनि । त्यहाँ एउटा छलफल, समझदारी गरेर हामी बनाउँछौँ । चलाउँछौँ । हाम्रो समझदारीमा फरक नपरोस् भनेर बनाएको बेला थियो । अहिले फेरि नयाँ सहकार्य थालनी भयो । अहिलेको सहकार्यमा समाजवादी मोर्चामा नभएकामध्ये नयाँ दलहरु हुनुहुन्छ । त्यसैले उहाँहरुसँग पनि समझदारी गरेर यसलाई अगाडी बढाउने कुराको, विद्यमान मोर्चा अगाडी बढाउने कुरा पनि भयो । सम्भव भयो भने अरु पनि सहभागि हुन सक्नुहुन्छ । तर सरकारमा एक ठाउँ हुने, मोर्चा अर्को ठाउँमा हुँदाखेरी आपसमा कुनै त्यस्तो असमझदारी नहोस् भन्नलाई छलफल नभइसकेको बेला रहेछ । हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले एकचोटी नेकपा(एमाले)का अध्यक्षसँग पनि छलफल गर्नुहुन्छ । त्यसपछि हामी संयुक्त मोर्चामा रहन पनि सक्छौँ । अथवा सरकारमा सहकार्य त हाम्रो छदैछँ । त्यसले मोर्चाको कामलाई अगाडी बढाउँदा कुनै कन्फ्युजन नहोस् भन्नका लागि वातावरण बनाउनका लागि छलफल भएको हो । मोर्चा छ । यसको औचित्यता छ । आवश्यकता छ । यसमा अहिले सरकारमा भएका र नभएकाहरुको सहभागिता छ । तर एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भनेपनि(एमाले) ठिकै छ । तर नआएपनि हामी यो मोर्चालाई अगाडी बढाउँछौँ । यसको उद्देश्य यो हो भनेर आपसी असमझदारी सरकारमा एक ठाउँमा हुने मोर्चामा नहुँदाखेरीको कुनै कन्फ्युजन नहोस् भन्नलाई पनि यो बारेमा छलफल भएको हो । एमालेसँग पनि छलफल गरेर एउटा समझदारी बनाएपछि वृहत खालको पनि हुनसक्ने भयो । भएन भनेपनि हामी फेरी यसलाई अगाडी बढाउँछौँ ।’
उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरुमा सहमती बन्दै गएमा एकताको तहसम्म पुग्ने बताउनु भयो । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको  नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको उहाँले जानकारी दिनुभयो । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘यसले समाजवादको आधार तयार पार्ने, त्यो प्रकारका नीति, कार्यक्रम बनाउने यसको एउटा उद्देश्य हो । अर्को चाहीँ तलैसम्म मोर्चा बनाएर लिएर गएर धरातलसम्म पु¥याउने र काहीँ एउटा सन्दर्भमा गएर साझा नीति, कार्यक्रममा सहमती हुँदै गए त सहकार्यले फेरी हामीलाई एउटै संगठन बनाउनेमा पनि जानसक्छ । समान धारणा भएका, छरिएर बसेका शक्तिहरु एक ठाउँ, एउटा मोर्चामा आएर समान बुझाइ, समान कार्यबाट अगाडी बढ्ने बनाएर समाजवादलाई प्रचारप्रसार गर्ने र जनतामा जाने । जस्तो अहिले समाजवादी मोर्चामा भएका तीन वटा घटक सरकारमा छौँ हामी । समाजवादको आधार तयार पार्ने कस्ता नीतिहरु तयार हुने ? सरकारको नीति, कार्यक्रम, बजेट आउँदैछ । त्यसकारण त्यतापट्टी लक्षित गरेर फेरि सरकारका नीति, कार्यक्रम बनाउन फिटब्याक दिने कुरा पनि हुनेभयो । आम जनतालाई समाजवादको आन्दोलनमा संगठित गर्ने साझा मोर्चा पनि हो ।’
उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको पनि बताउनु भयो । उहाँले आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक