इजिप्ट, जोर्डन, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई), प्यालेस्टिनी प्राधिकरण (पीए) र अरब लिग (एएल) ले गाजापट्टी र कब्जा गरिएको पश्चिमी किनारबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्ने कुरामा जोड दिएका छन् । इजिप्टको राजधानी कायरोमा इजिप्ट, जोर्डन, साउदी अरब, कतार र युएईका शिर्ष कुटनीतिज्ञहरूका साथै पीए र एएलका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा भएको बैठकपछि यस्तो निर्णय गरिएको हो । बैठकका सहभागीहरूले दुई–राज्य समाधानमा आधारित मध्य पूर्वमा न्यायपूर्ण र शान्ति प्राप्त गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरूले प्यालेस्टिनीहरू र उनीहरूको वैध अधिकारको लागि पूर्णसमर्थन पनि व्यक्त गरे । जनवरी २५ मा ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट इजिप्ट र जोर्डनमा विस्थापित गर्ने विवादास्पद योजना प्रश्ताव गरे । जसलाई दुवै देशहरूले कडाइका साथ अस्वीकार गरेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।