fbpx

५ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किए

author

समाचारपाटी

२ महिना अगाडि

हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा ५ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएको बताएका छन् । विगत ७२ घण्टामा दक्षिणी र मध्य प्रान्तहरूबाट अल–रशिद र सलाह अल–दिन सडक हुँदै गाजा र उत्तरी प्रान्तहरूमा पाँच लाख (५ लाख) भन्दा बढी विस्थापित प्यालेस्टिनीहरू फर्किएका मिडिया कार्यालयले जनाएको छ । १५ महिनादेखि चलिरहेको लडाईंमा विराम लागेपछि हमाससँग भएको युद्धविराम सम्झौतापछि इजरायलले सोमवार विस्थापित मानिसहरूलाई गाजा पट्टीको उत्तरमा फर्कन अनुमति दिन थालेको छ । हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले बिहीवार तीन इजरायली बन्दीहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा ११० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । गाजाका स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूले विगत २४ घण्टामा ६३ शवहरू फेला पारेका छन् । जसमा भग्नावशेषबाट निकालिएका ५९, घाइते भएर मृत्यु भएका दुई र दुई नयाँ मृत्युहरू समावेश छन् । यसले अक्टोबर ७, २०२३ देखि हालसम्म मृत्यु हुनेको कुल संख्या ४७ हजार ४१७ पुगेको छ । जसमा १ लाख ११ हजार ५७१ जना घाइते भएका छन् । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...