इजिप्टले गाजाको प्रारम्भिक पुनर्लाभ, भग्नावशेष हटाउने र पुनर्निर्माणको लागि निश्चित समयसीमा भित्र योजनाहरू कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय साझेदारहरू र सहयोगीहरूसँग तुरुन्तै सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । इजिप्टको विदेश मन्त्रालयको एक विज्ञप्तिअनुसार प्यालेस्टिनीहरू गाजा पट्टीमा रहनेछन् र विस्थापित हुन अस्वीकार गर्नेछन् । इजिप्टले इजरायली सरकारका धेरै सदस्यहरूले प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट विस्थापित गर्ने योजना कार्यान्वयन गर्ने सम्बन्धमा हालै दिएका अभिव्यक्तिहरूको विरुद्धमा पनि चेतावनी दिएको छ । इजिप्टले यस कदमलाई अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय मानवीय कानून र प्यालेस्टिनीहरूको मौलिक अधिकारको स्पष्ट उल्लङ्घनको रूपमा निन्दा गरेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले सेनालाई गाजाका बासिन्दाहरूलाई स्वागत गर्न इच्छुक कुनै पनि देशको लागि स्वैच्छिक प्रस्थान अनुमति दिने योजना तयार गर्न आदेश दिनुभयो ।
सिन्ह्वा