fbpx

पाकिस्तानी टेलिभिजनलाई पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । पाकिस्तानी सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई उहाँका भनाइ प्रसारण गर्नबाट रोकेको हो ।

‘खानले आफ्ना उत्तेजक बयानहरू मार्फत राज्य संस्था र अधिकारीहरू विरुद्ध निराधार आरोपहरू र घृणापूर्ण भाषण फैलाउँदै थिए’, अथोरिटीले सूचनामा भनेको छ, ‘जुन कानून र व्यवस्था लागि प्रतिकूल छ र सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पार्न सक्छ ।’

आइताबार पूर्वी शहर लाहोरमा गरेको संबोधनमा खानले पोहोर आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाउनुभएकाे थियाे ।

पूर्व क्रिकेटरसमेत रहनुभएका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि उहाँ सरकारप्रति आक्रामक बन्नुभएकाे छ । आफूमाथि लागेको अनियमितताका आरोप उहाँले अस्वीकार गर्दै आउनुभएकाे छ ।

प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूला ठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई उहाँको बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२०.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने