fbpx

पाकिस्तानी सांसदहरूले अयाज सादिकलाई सदनको नयाँ सभामुख चयन गरे

author

समाचारपाटी

३ महिना अगाडि

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सरदार अयाज सादिक राष्ट्रिय सभा (देशको संसदको तल्लो सदन) को सभामुखमा निर्वाचित हुनुभएको छ । निःवर्तमान सभामुख राजा परवेज अशरफले सो घोषणा गर्नुभएको हो । ३३६ सदस्यीय सदनमा भएको कुल २९१ मतमध्ये १९९ मत प्राप्त गर्दै सादिकले सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) का उम्मेदवार मलिक मुहम्मद अमिर डोगरलाई पराजित गर्नुभएको हो । डोगरले ९१ मत प्राप्त गर्नुभयो एक मत सभाका सदस्यले गोप्य मतदानबाट खसालेपछि अस्वीकृत भएको थियो ।

६९ वर्षीय सादिक ८ फेब्रुअरी, २०२४ को आम निर्वाचनमा पाकिस्तानको पूर्वी शहर लाहोरबाट तल्लो सदनको सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो । उहाँले सन् २०१३ र २०१८ को बीचमा दुई पटक सभामुखको रूपमा काम गरिसक्नुभएको छ । सदनको २३ औँ सभामुखको रुपमा शपथ लिएपछि सादिकले नयाँ उपसभामुख चयनका लागि संसदको बैठकको अध्यक्षता गर्नुहुनेछ । राष्ट्रिय सभाले आईतवार देशको नयाँ प्रधानमन्त्री चयन गर्ने सम्भावना छ । सादिक पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय र मुत्ताहिदा कौमी मुभमेण्ट–पाकिस्तानको गठबन्धनको समर्थनमा सदिकको सभामुख बनेपछि पीएमएल–एनका अध्यक्ष शाहबाज सरिफ यस पदका लागि बलियो उम्मेद्वारको रूपमा देखापरेका छन् । 
सिन्ह्वा


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन