fbpx

शाहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

author

समाचारपाटी

१ year अगाडि

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उम्मेदवार शाहबाज शरीफ पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदनबाट आईतवार भएको मतदानमा पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिकले आईतवारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरी पीएमएल–एनका अध्यक्ष शरीफले चुनाव जितेको घोषणा गर्नुभयो । शरीफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफका संयुक्त उम्मेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए । ३३६ सदस्यीय राष्ट्रिय सभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरीफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए । यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि नयाँ सदन बनेपछि शुक्रवार राष्ट्रिय सभाका सदस्यहरूले सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित गरेका थिए ।
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...