काठमाडौंमा हिमालयको रहस्य र सिर्जनावृत्ति नामक कला प्रदर्शनी–२०८१ शुरु

author

समाचारपाटी

१ year अगाडि

काठमाडाैँमा हिमालयको रहस्य र सिर्जनावृत्ति नामक चित्रकला प्रदर्शनी–२०८१ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंको नक्सालमा सो कला प्रदर्शन आयोजना गरेको हो । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच सो कला प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पर्यावरणीय असरका कारण हिमालमा पर्दै गएको संकटबारे विश्व समुदायलाई जानकारी गराउन र कलाकारहरुको जिउने कलालाई उठान गर्नका लागि सो प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उहाँले सो चित्रकला प्रदर्शनीले नीति निर्माताहरुलाई पनि हिमालमा देखिएको संकट समाधानका लागि ठोस धारणा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कुलपति हार्तम्छालीले भन्नुभयो, ‘एउटा वस्तुगत आधारको हिमाल, अर्को भावार्थको हिमाल । र त्यसमा पर्यावरणीय सवालको उठानलाई हामीले विशेष चर्चा गर्न खोजिएको हो । त्यसकारण यो कलाकृतिलाई हामीले त्यही अर्थमा हेरिदिनुपर्ने हुन्छ होला । कलाकारहरुको कलालाई पनि स्थापित गराउन यो प्रदर्शन गरिएको छ । अर्का पर्यावरण र नीति निर्माण तहमा पनि हामीले हिमालको अवस्था यस्तो हुँदैछ । यो नेपालसँग मात्रै जोडिएको छैन । विश्व मानवीय पर्यावरणसँग पनि जोडिएको छ भन्ने कुराको मुल मक्सदलाई उठाउन पनि खोजिएको हुनाले यसै रुपमा बुझ्नुपर्दछ ।’

६ दिनसम्म चल्ने सो चित्रकला प्रदर्शनीमा हिमालको रहस्यसँग सम्बन्धित ६९ वटा र सिर्जनावृत्तिसँग सम्बन्धित १४ वटा चित्र कला समावेश गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन