बंशावली तयार पार्न देशैभरका पहारी बन्धुहरु पोखरामा

author

समाचारपाटी

२ years अगाडि

गणेश पहारी ,पोखरा। देशै भरका पहारी बन्धुहरु पोखरामा जम्मा भएका छन् । पहारी कुल संरक्षण समिति कास्की पोखराले आज आयोजना गरेको बशांबलि सम्बन्धी कार्यपत्र प्रस्तुत कार्यक्रममा सहभागि हुन पहारी पोखरेल बन्धुहरु पोखरामा भेला भएका हुन् ।

भेलाले पहारीहरुको बशंको रुपमा पानी पोखरेलहरु सगँ जोडिन गएको बारेमा बंशावलिमा उल्लेख भएकोले पहारी र पोखरेलका बारेमा कार्यपत्र द्धारा उजागर गर्ने उद्धेश्यले पहारी पोखरेल बृहत भेलाको आयोजना गरिएको गरिएको हो ।
अध्ययनका क्रममा पहारीहरुको उद्गम थलो दैलेख जिल्लाको दुल्लु भएको पत्ता लागेको छ । त्यहीँबाट पहारीहरु हाल देश तथा विदेशमा समेत बसोबास गर्दै आएका छन् । पोखराको लेकसाइड पहारीहरुको मुख्य बसोबास स्थल हो ।

कार्यक्रमका प्रमुख अतिथि भाषा बैज्ञानिक,लेखक समालोचक तथा प्रध्यापक डाक्टर माधव प्रसाद पोखरेलले कार्यक्रममा प्रकाशित बशांबलिका प्रमाणलाई आधार मान्दा पहारी र पोखरेलका आधि पुरुष एउटै भएको जिकिर गर्दै काशीदास जोशी नै पहारी र पोखरेलहरुका पुर्खा रहेको उल्लेख गर्नुभयाे ।

उहाँले कुनै पनि बंशाबलि आधार र प्रमाण बिना तयार नहुने बताउदै आफ्ना पुर्खाको थातथलोको बारेमा गहन अध्यन गरे मात्र बंशाबलि प्रकाशित हुने गरेको बताउँदै पोखरेलहरुको बंशाबलि जति पुरानो कुनै महाराजाहरुको पनि नभएको ठोकुवा गर्नुभयाे । पछिलो समय समाजमा अग्रजहरुको सम्मान हराउदै गएको बेला पहारी बन्धुहरुले कुलपितृको नाममा मन्दिर निर्माण गरेर पुर्खाहरुको बशांबलि प्रकाशन महात्वपूर्ण कार्यको थालनि गरेको बताउनुभयाे ।

कार्यक्रममा पहारी कुल संरक्षण समिति कास्कीका अध्यक्ष गोविन्दराज पहारीले पहिलो पटक पहारी बंशावली तयार भएकामा खुशी व्यक्त गर्नुभयाे । प्राडा रामचन्द्र पोखरेलले अवधारणापत्र प्रस्तुत गर्दै पहारी र पोखरेलहरुको वंशाबली अध्ययन अनुसार धेरै कुरा मिल्ने बताउनुभयाे । धरानका विष्णुभक्त पोखरेलले कुलको उद्धार गुर्न सबैको कर्तव्य भएको बताउनुभयाे । पोखरेल राष्ट्रिय प्रतिष्ठानका महासचिव फडिराज पोखरेलले पुराना पुस्तालाई एकरुपतामा ल्याउन बंशावलीले सहयोग पुग्ने बताउनुभयाे ।
गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले वंशावली भावी पुस्तालाई समेत अध्ययनका लागि उपयोगी हुने बताउनुभयाे ।

कार्यक्रममा गण्डकीका पूर्व सांसद राजीव पहारी, पाल्पाका प्रमोद सिँह पहारी, सिन्धुली पहारी बंशाबलीका कोषाध्यक्ष बेदनाथ पहारी, कुल संरक्षण समितिका सहकोषाध्यक्ष तथा बंशावली प्रकाशन समिति संयोजक प्रेमराज पहारी, सचिव जगतबहादुर पहारीले ठूलो मिहिनेतका साथ बंशावली तयारी सुरु भएकोले सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान