पर्वतवाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएकाे छ । भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजार २ सय ६३ मतको अन्तरले बिजयी हुनुभएकाे हाे।
उहाँले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ सय ९ मत पाउनुभएकाे छ । गिरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकाे हाे। यसअघि २०७४ सालको निर्वाचनमा पनि जोशीसँगै १२ हजार ५ सय मतको अन्तरमा विजयी हुनुभएकाे थियाे।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यको सिट रहेको पर्वतमा दुबै प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पर्वतमा ६६ हजार २ सय २३ मत खसेको थियो ।