fbpx

पाँचखालमा अमेरिका र अस्ट्रेलियासहित १८ देशका सेना जम्मा, १२ समूहमा तालिम

author

समाचारपाटी

९ महिना अगाडि

शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलाञ्चोकको पाँचखालमा विभिन्न १८ देशहरुका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ । 


फागुन ८ गतेबाट सैनिक मुख्यालय भद्रकालीबाट शुरु भएको तालिम अहिले पाँचखालमा जारी छ । तालिममा अमेरिका, अस्टे«लिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरुका सैनिक सहभागी रहेका छन् । तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार शान्ति सेनामा निकट भविष्यमा जाने सेनाहरुलाई मध्यनजर गरी तालिम गरिएको हो । उहाँले । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरु विदेशका र दुई वटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको बताउनु भयो । नेपालको तर्फबाट भने निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई नै समावेश गरेको बताउनु भयो । एशियाका पाँच वटा देशमा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको उहाँले बताउनु भयो । जसमध्ये नेपाल, बंगलादेश, इण्डोनेसिया, मलेसिया र मंगोलिया रहेका छन् । शान्ति सेनामा रहँदा भएका केही कमी कमजोरीलाई तालिमले निखार्ने बताउनु भयो । शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘वीरेन्द्र शान्ति तालिम केन्द्र हाम्रो विदेशमा शान्ति कार्यका लागि जानु भन्दाअघि यहाँ हामीले १४ हप्ताको तालिम गरेर पठाउँछौँ । एक्सरसाइज पनि त्यही शान्ति कार्यसँग सम्बन्धित छ । विदेशमा हाम्रो गणहरु जाने साथसाथै स्टाफ अफिसर, मिलिट्री अब्जबर, त्यो स्टाटसमा पनि जानुहुन्छ । हाम्रा उ यो एक्सरसाइजको उद्देश्य हामीमात्रै नभएर अरु विभिन्न देशहरुको शान्ति सैनिकहरु हुनुहुन्छ । जो विभिन्न शान्ति मिसनमा गइरहनुभएको छ, त्यो सबैलाई समेटेर गरिएको छ । यसमा अहिले नेपालसहित १८ वटा देशहरु छन् । १८ देशलाई समावेश गरेर यो तालिम सञ्चालन भइरहेको छ । सिरिया, पाकिस्तान, बंगलादेश र नेपाल चार देश छौँ । आशियानतर्फ इण्डोनेसिया, मंगोलिया, भियतनाम, थाइल्याण्ड र फिलिपिन्स छन् । अरु एशियनमा मंगोलिया र दक्षिण कोरिया रहेको छ । उत्तर अमेरिकाबाट अमेरिका र क्यानडा छ । अस्टे«लिया र फिजी पनि रहेका छन् । यो तालिम ८ गतेदेखि शुरु भएको हो । २१ गते सम्पन्न हुन्छ । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरु विदेशबाट आएको छ । हाम्रो देशको दुई वटासहित १२ वटा छ ।’

अभ्यास तालिमका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरुले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरुको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरु कुनै ठाउँमा अड्कियो भने उनीहरुलाई ल्याउनुपर्ने कार्यहरु लगायतका कुराहरु तालिममा सिकाइएको बताउनु भयो । तालिममा संयुक्त राष्ट्र महासंघका परिवर्तित व्यवस्थाबारेमा पनि शान्ति सेनालाई जानकारी गराइएको बताउनु भयो । शान्ति स्थापनाका दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि तालिम सञ्चालन गरिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरुले गर्नुपर्ने दैनिक हुने मुख्य अप्रेशनहरु सिकाइएको हो । कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरुको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरु कुनै ठाउँमा अड्कियो भने उनीहरुलाई ल्याउनुपर्ने कार्यहरु त्यो कार्यहरुलाई समावेश गरी यो फिल्ड ट्रेनिङ गरिएको हो । नेपालसहित ११ वटा देशका १२ वटा समूहलाई तालिम गराइरहेका छौँ । युएनसँग सम्बन्धित बदिलिँदो के कुरा भइरहेको छ, त्यसबारेमा शान्ति सेनालाई जानकारी गराउने, त्यो बारेमा अभ्यास गराउने हो । शान्ति सेनाको दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसलाई समाधानका लागि यो तालिम गरिएको छ ।’

अभ्यासमा १ हजार १ सय ६२ जना सैनिक सहभागी रहेको बताइएको छ । २८ जना सैन्य अधिकृतहरुले विभिन्न विषयमा तालिम दिइरहेका छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ । 


राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शंकास्पद बिस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारेमा तालिम केन्द्रमा तालिम गराइएको छ ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन