fbpx

१७ औं प्याब्सन स्पोर्टस मिट अन्तर्गत सिनियर र जुनियरतर्फ फुटबल प्रतिष्पर्धा सुरु

author

समाचारपाटी

२ years अगाडि

पोखरा । १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर र जुनियरतर्फ फुटबल प्रतिष्पर्धा सुरु भएको छ । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत बुधबारबाट फुटबलका प्रतिष्पर्धाहरु सुरु भएका हुन् ।

प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिनुभएकाे छ । प्रतियोगितामा जुनियर फुटबलतर्फ ५६ टिम र सिनियर फुटबलतर्फ ६९ टिमको
सहभागिता रहेको छ ।

सम्पन्न प्रतियोगितामा सिनियर तर्फ गौरी शंकर खेल मैदानमा सम्पन्न पोखरा लनर्सले नेपाल आदर्श विद्यालयलाई ५–४ ले, हिल पोइन्टले इडेनलाई ३–१ ले, हिमाञ्चलले न्यू मोडललाई २–० ले, ग्लोबलले बेसलाइन एकेडेमीलाई ३–२ ले र भ्यू पोइन्टले केल्सलाई ७–० गोल अन्तरले पराजित गरेको छ ।

त्यसै गरी सिनियरतर्फ नै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा युनाइटेडले रिभरडेललाई ३–० ले, बाल विद्याले लेखनाथ विभुतीलाई ३–२ ले, सरस्वतीले फेवा पव्लिकलाई १–० ले, विद्या निकेतनले भाष्करलाई ५–१ ले,
गोल्डेन नेचरले सूर्योदयलाई २–० ले पराजित गर्न सफल भएका छन् ।

प्रतियोगिता छात्र जुनियरतर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा टप्स, शिसु कल्याण, मेट्रो पोलिटान, बेसलाईन र पोखरा एकेडेमीले आ–आफ्नो खेलमा विजयी बन्न सफल भए । त्यस्तै नेपाल आदर्श खेल मैदानमा सञ्चालन भएको खेलमा एक्स आर्मी, मनकामना, सरस्वती, गोल्डेन नेचर र इडेन्स माविले पहिलो चरणमा जित हासिल गरेका छन् ।

१७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभएकाे हाे । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल,छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा
प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिनुभएकाे छ । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ ।

कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको
सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि